Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

लोकतन्त्र ,संविधान र संघीयता रक्षाका लागि काँग्रेसलाई मत दिन चौरसियाको अपिल

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर १,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज, ०१ मंसिर : पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्यमा सत्ता गठबनधनका साझा उम्मेदवार अजय चौरसियाले प्रतिगमनलाई परास्त गर्न पनि काँग्रेस नेतृत्वको गठबन्धनलाई मत दिइ विजयी बनाउन अपिल गरेका छन् ।

बिहीबार साँझ सामाजिक सन्जाल मार्फत अपिल गर्दै काँग्रेस केन्द्रिय सदस्य समेत रहेका चौरसियाले मंसिर ४ को निर्वाचन प्रतिनिधिसभा वा प्रदेशसभा सदस्यको छनौट गर्ने मात्र नभइ लोकतन्त्र , संविधान र संघीयताको संरक्षण गर्नका लागि प्रतिगमनकारी शक्तिलाई किनारा लगाउने सुनौलो अवसर भएकाले काँग्रेस नेतृत्व गठबन्धनको जित आवश्यक भएको बताएका छन् ।
उनले भनेका छन् ,‘ त्यसैले सारमा भन्नुपर्दा यो निर्वाचन अग्रगमन पक्षधर र प्रतिगमनका मतियारहरू बीचको लडाईं हो , जनताले अग्रमन पक्षधर काँग्रेस नेतृत्वको गठबन्धनलाई जिताउनु पर्छ ।

चौरसियाको अपिलमा भनिएको छ – यदि यो निर्वाचनमा चुक्यौं भने विद्यमान शासन र लोकतान्त्रिक व्यवस्था नै जोखिममा पर्ने प्रस्टै छ,। जुन कुरा हामीले पटक–पटक संसदीय व्यवस्थामाथि भएको प्रहार र विगतमा भोग्नुपरेको निरंकुश व्यवहारबाट अनुभूत गरिसकेका छौं ।
उनले एमाले र उससंग सत्ता लिप्साका लागि अपबित्र गठजोर गरेको जसपा दुवै प्रतिगामी भएकाले उनिहरुलाई जनताले ब्यालेटका मार्फत जवाफ दिनु पर्ने पनि बताएका छन् ।

चौरसियाले भनेका छन् – जबजब लोकतन्त्र र जनअधिकार खतरामा पर्छ, तब तब नेपाली काँंग्रेसले नेतृत्वदायी भूमिका खेल्दै देशलाई सुरक्षित रूपमा अवतरण गराउँदै आएको सर्वविदितै छ। अहिले फेरि पनि नेपाली काँग्रेस माथि नै देश बनाउने र विभिन्न आन्दोलनहरूबाट प्राप्त उपलब्धीहरू जोगाउने जिम्मेवारी आइपरेको छ ।यो जिम्मेवारी कांग्रेसले तबमात्र पूरा गर्न सक्छ जब जनताबाट यसअघिका अप्ठेरा अवस्थाहरूमा जस्तै साथ–सहयोग र समर्थन प्राप्त गर्नेछ।
तसर्थ यो गहन जिम्मेवारी पूरा गर्ने सवालमा आमजनता एकमत भई पर्सा २ मा पनि काँग्रेस काँग्रेस र लोसपाका उम्मेदवारहरूलाई विजयी बनाउन उनले अपिल गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सागढी–४ मा काँग्रेस उम्मेदवार अजय चौरसियाको भेटघाट तीव्र, पार्टीको इतिहास र सिद्धान्तबारे मतदातालाई प्रश्न गर्न आग्रह
मुख्य समाचार

चौरसियाको दाबी—‘म कानुनमन्त्री हुँदा आमाको नामबाट नागरिकता सम्भव भयो’

प्रकाशित : २०७९ मंसिर १,बिहीबार
नेशनल मेडिकल कलेज र मानवसेवा आश्रमबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
राष्ट्रिय

नेशनल मेडिकल कलेज र मानवसेवा आश्रमबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०७९ मंसिर १,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद