Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

राजनैतिक अधिकारको लडाईं सकिएकाले अब विकासका एजेण्डासहित आफू मतदातामाझ -रिजाल

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक २८,सोमबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज – नेपाली कांग्रेसका नेता एवं पर्सा क्षेत्र नम्वर ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रमेश रिजालले आफू विकासको मुद्धा लिएर मतदाताको घरदैलोमा आएको बताएका छन् ।

राजनैतिक अधिकारको लडाईं सकिएकाले अब विकासका एजेण्डासहित आफू मतदातामाझ आएको बताएका हुन् । सोमबार जगरनाथपुर गाउँपालिका ४ मा घरदैलो गर्दै नेता रिजालले मतदाताको मत कुनै पनि हालतमा खेर जान नदिने गरि आफूले आफ्नो ठाउँको विकास र समृद्धिका लागि काम गर्ने प्रतिबद्धता जनाए ।

जगरनाथपुरको सुहपुर, सोहरी, हरपुर, मोटोल लगायतमा घरदैलोमा पुगेका नेता रिजाल र प्रदेशसभा सदस्यका उम्मेदवार शंकर चाैधरीलाई मतदाताले घरघरमा फुलमाला लगाएर भव्य स्वागत गरेका थिए ।

मतदाताहरुले अहिले नेता रिजालको विकल्प नरहेको भन्दै आफूहरुले मत हाल्ने प्रतिबद्धता जनाउँदै जितको अग्रिम शुभकामना पनि दिए ।

घरदैलो कार्यक्रममा कांग्रेस नेता रामदेव चौहान, नबिन सिंह, माओबादी क्षेत्रीय इन्चार्ज इमदाद गद्दी, क्षेत्रीय सचीव बलिष्टर अहमद, इमरान मिया, मोजमिल मिया, मुस्लिम अन्सारी, हैतुल्लाह मिया मन्सुरी, जाकिर मिया, ढेलावन मिया, सुट्टी मिया, अस्लम गद्दी, रसिद देवान लगायतका गठबन्धनका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ कार्तिक २८,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ कार्तिक २८,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद