Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मुख्यमन्त्री लालबाबुप्रतिको पत्याउन छोडे मतदाता चुनाव नजिकैदै जाँदा

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक २८,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पर्सा । मंसिर ४ गते हुने निर्वाचनमा मधेश प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत पर्सा निर्वाचन क्षेत्र नं. १ को (ख) बाट उमेदवारी दिएका छन । विपक्षी उम्मेदवारहरुले उनले गरको भ्रष्ट्रचार, अनियमितता र साइकल खरिदमा अख्तियारले दर्ता गरेको मुद्दालाई मुख्य बनाएका छन ।

अघिल्लो पटक मधेश केन्द्रित दलहरुको गठबन्धनबाट निर्वाचन जितेका राउतलाई यसपटकको चुनाव जित्न हम्मेहम्मे पर्ने देखिन्छ । विपक्षीले उठाएका प्रश्न आफ्नै क्षेत्रमा भएको भ्रष्ट्राचार र अनियमितता तथा मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत अलपत्रमा परेका विभिन्न महत्वकाक्षी योजना बारे जनताले उठाएका प्रश्नको जवाफ दिन मुख्यमन्त्रीलाई हम्मे हम्मे परेको छ ।

मधेश आन्दोलनको रापतापमा अघिल्लो पटक चुनाव जितेका मुख्यमन्त्री राउतले मधेशी जनतालाई दिएको आश्वासन पूरा गर्न नसकेको भन्दै राउतका निर्वाचन क्षेत्रका जनता उनी प्रति रुष्ट छन् । एमालेसंग जनता समाजबादी पार्टीले गरेको गठबन्धन र मुख्यमन्त्री राउतले पाँच वर्षमा गरेको भ्रष्ट्राचार तथा निर्वाचन क्षेत्रमा भएको बजेट दुरुपयोगका कारण चुनावी माहोल मख्यमन्त्रीको विपरित बन्दै गएको छ ।

विगतमा मधेसीदलको लागि भोटबैकको रुपमा रहेको नगवाका अशोक पटेलले भने,‘मुख्यमन्त्रीका अधिकांश ठूला योजनाहरु अलपत्र परेका, आफ्नै पार्टीका नेता तथा कार्यकर्तालाई ठेक्का दिएर कमिशन खाएकालेको पनि बनेका सडकहरु पनि कतिपय ठाउँमा एक वर्ष नवित्दै भत्किदै छ ।’ वीरगञ्जलाई मधेशको राजधानी बनाउछुँ भनेर वीरगञ्जका जनतामाथि घात गरेको आरोप समेत मुख्यमन्त्रीमाथि लाग्ने गरेको छ । चुनावी प्रचार प्रसारमा गाउँहरुमा जाँदा ‘नाकाबन्दी वीरगञ्जमा भयो, राजधानी कहाँ बनाउनु भयो ।

यसपाली जनताले मुख्यमन्त्रीको विकल्प रोजि सकेका छन । मुख्यमन्त्री राउतको प्रचार मात्र मिडियामा छ, जनस्तरमा छैन, वीरगन्ज २ छपकैयाकै मोहम्मद सलाउँदीन भने,‘ अब जनतालाई झुक्याउँने अवस्था छैन । जनता सचेत भईसकेका छन, मुख्यमन्त्रीको झाँसामा आउँने वाला छैन हामी विकल्प खोजी सकेका छौ ।

वीरगन्ज ५ का सुरज पटेल पनि मुख्यमन्त्री आक्रोश व्यक्त गर्दै मधेस र मधेसी संग गद्दारी गरेका मुख्यमन्त्री गद्दीको हार नै मधेस र मधेसीको जित हुनेमा विश्वस्त छन । चुनावी अभियानमा मुख्यमन्त्री गद्दीले आफनो क्षेत्रमा विकास गरेको दावी गरेका छन, उनले भने, ‘ हो मुख्यमन्त्रीले आफनो क्षेत्रमा काम गरेका छन, त्यो काम जनताको लागि होईन आफनो कार्यकर्ताहरुलाई पाल्नको लागि काम गरेका छन ।’

उनले थपे, सडक निर्माण देखि लिएर नाला, भवन, विवाह भवन लगायतको पूर्वाधार निर्माण निर्माण सम्पन्न नहुँदै भत्कीन थालेको छ । कतिपय सडक र नालाहरु ६ महिना सम्म टिकेको छैन, के यही विकास हो ? अब जनता बुझिसकेका छन । विकासको झुठो आवश्वासन दिएर मधेस र मधेसी जनतालाई ठग्न पाईदैन उनले भने । मुख्यमन्त्रीको चुनावी अभियानमा उनका कार्यकर्ता बाहेक स्थानिय एका दुका मात्र हुन्छ । कार्यकर्ताले चुनाव जिताउँने होईन जनताले चुनाव जिताउँने र जनता परिवर्तनको पर्खाईमा छ । र त्यसको जवाफ मंसीर ४ गते हुने चुनावमा जनताले आफनो मतबाट दिने छन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पूर्व गाविस अध्यक्ष तथा तमलोपाका पूर्व पर्सा जिल्ला सभापति रास्वपामा प्रवेश
राजनिती

पूर्व गाविस अध्यक्ष तथा तमलोपाका पूर्व पर्सा जिल्ला सभापति रास्वपामा प्रवेश

प्रकाशित : २०७९ कार्तिक २८,सोमबार
पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप
आर्थिक

पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप

प्रकाशित : २०७९ कार्तिक २८,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद