Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता ,डा. गुप्ताको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक २३,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,२३ कार्तिक : पर्सा क्षेत्र नं. ३ (ख) मा प्रदेशसभा सदस्य उम्मेदवार डा. मधु गुप्ता कुर्मीको चुनावी प्रतिवद्धता पत्र सार्वजनिक भएको छ ।वीरगन्ज स्थित नेपाल पत्रकार महासंघको सभाहलमा बुधबार बिहान आयोजित कार्यक्रममा जसपाङएमाले गठबन्धनकी साझा उम्मेदवार डा. गुप्ताले आफनो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेकी हुन् ।

डा. गुप्ताले आफ्नो प्रतिवद्धताको पहिलो बुँदामै अधिकार आन्दोलनका शहिद तथा घाइते प्रति उच्च सम्मान र उनीहरूका परिवारका लागि शिक्षा, रोजगारी र जीवनयापनको योजना ल्याइने बताएकि छन् ।

सुशासन प्रत्याभूतिलाई शासनको मुख्य आधार बनाउने र त्यसका लागि आवश्यक नीति तथा नियम निर्माणमा सक्रिय रहने उनले बताएकी छन् । पारदर्शितामा आधारित योजनाको प्रवद्र्धन, विकास निर्माणका योजनामा स्थानीय सहभागितामार्फत प्रभावकारिताको वृद्धि र सार्वजनिक सेवालाई सहज र प्रभावकारी बनाइने डा. गुप्ताको प्रतिबद्धता पत्रमा उल्लेख छ ।

पर्साका बासिन्दालाई सार्वजनिक सेवामा सहजताका लागि पर्साको पोखरियामा जिल्ला प्रशासन र मालपोत कार्यालयको सेवा केन्द्र खोलिने ,समृद्धिको सूत्राधार शिक्षामा सबैको समान पहुँच र अधिकारको प्रत्याभूति गरिने , शिक्षामा छोरीको समान सहभागिताको लागि छात्रामैत्री शैक्षिक प्रणालीको व्यवस्था मिलाइने र कन्या विद्यालयको स्थापना गरिने प्रतिवद्धता डा. गुप्ताले गरेकि छन् ।

सामुदायिक विद्यालयको स्तारोन्नति, र दरबन्दीअनुसार शिक्षक तथा कर्मचारी आपूर्ति गरिने र उच्च माध्यमिक तहसम्म निःशुल्क शिक्षाको नीतिगत प्रबन्ध मिलाइने पनि उल्लेख छ । उच्च शिक्षा अध्ययनका लागि पूर्वाधार तयार गरिने गुप्ताले बताएकि छन् ।
प्रतिबद्धता पत्रमा स्वास्थ्य र सरसफाईलाई पनि प्राथमिकतामा राखिएको छ ।

पोखरिया अस्पतालको स्तरोन्नति गरी उपक्षेत्रीय अस्पतालमा रुपान्तरण गरिने, स्वास्थ्य चौकीमा दरबन्दीअनुसार जनशक्ति र औषधी उपलब्धता, महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई स्वास्थ्यमा सहुलियतलाई स्वास्थ्यका आधारको रुपमा अघि सारिएको छ । सहज र सुलभ स्वास्थ्यको ग्यारेन्टी गर्न स्वास्थ्य बीमालाई प्रभावकारी बनाउने नीतिको प्रबन्ध गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ ।
स्वास्थ्यको पूरक मानिएको सरफाई र ढल निकासको गुरुयोजना तयार पारी कार्यान्वयनमा ल्याइने र विपन्न परिवारलाई शौचालय निर्माणमा सहयोगको योजना ल्याउने प्रतिबद्धता गुप्ताको छ ।प्रतिवद्धता पत्रमा ‘कृषिको आधुनिकीकरण, आयको मुख्य आधार’ लाई नाराको रुपमा अघि सारिएको छ । आधुनिक कृषिका लागि मलखाद, बीउ र सिंचाईलाई प्रभावकारी बनाउने भनिएको छ ।

कृषिको व्यावसायीकरण, कृषकलाई परम्परागत खेतीको सट्टा बढी नाफामूलक खेतीमा प्रोत्साहन, ग्रामीण क्षेत्रलाई तरकारी र दूग्ध उत्पादनको केन्द्र बनाइने, अत्याधुनिक चिस्यान केन्द्र सञ्चालनजस्ता एजेण्डा पनि चुनावी प्रतिवद्धतामा समेटिएका छन् ।
सडकलाई भौतिक विकासको आधारको रुपमा अघि सार्दै सडक सञ्जालको विस्तार तथा स्तरोन्नति र यसका लागि पर्याप्त बजेटको व्यवस्था गरिने भनिएको छ । पर्साको बहुअर्वादेखि पोखरियासम्म चार लेन सडक निर्माणलाई प्राथमिकतामा राखिने भएको छ ।

सार्वजनिक यातायातलाई सहज र सुलभ बनाउने नीतिका लागि पहल र सडक पूर्वाधार विस्तारका लागि सरोकारका पक्षसित प्रभावकारी समन्वय र नीति नियमका लागि सशक्त पैरवी गरिने विषयलाई पनि प्रतिवद्धताले समेटेको छ ।व्यवस्थित सहरीकरणका लागि ग्रामीण क्षेत्रलाई शहरी पूर्वाधारयुक्त बनाउँदै वस्ती विकासको व्यवस्थित योजना कार्यान्वयनमा ल्याइने भएको छ । नमूना शहरको योजना कार्यान्वयन, सूचना र प्रविधिको प्रवद्र्धन, गुणस्तरीय विद्युत्, सञ्चार र प्रविधिको विस्तारलायतका पक्षलाई पनि समेटिएको छ ।

प्रतिवद्धतामा भोजपुरी भाषाको प्रवद्र्धन नीति, क्षेत्रका मठ, मन्दिर र मस्जिदलाई व्यवस्थित तुल्याउनेदेखि पोखरीहरूलाई व्यवस्थित गरी पर्यटकीय स्थल बनाइने योजना राखिएको छ । युवा, रोजगारी र खेलकुदतर्फ युवा जनशक्तिलाई सीपमूलक तालीम र रोजगारीको अवसर, उद्योग र व्यापारको प्रवद्र्धनमार्फत रोजगारी र आयको सृजना, रोजगारीमूलक उद्योगलाई प्रवद्र्धन गरिने प्रतिबद्धता पत्रमा भनिएको छ ।

महिलालाई उद्यमशीलतामार्फत आत्मनिर्भर बनाउन नीति नियम बनाउने र भएका ऐन कानूनको प्रभावकारी कार्यान्वयनका लागि सशक्त पहललाई पनि प्राथमिकतामा राखिएको छ । विभिन्न खेलकुद प्रतियोगिता र पूर्वाधार निर्माणलाई पनि प्रतिवद्धताले प्राथमिकतामा राखेको छ ।

जसपाका राजनीतिक समिति सदस्य एंव निवर्तमान सांसद हरिनारायण रौनियारको अध्यक्षतामा भएको कार्यक्रममा एमालेकी केन्द्रिय सदस्य निर्मला देवकोटा , पर्सा क्षेत्र नम्बर ३ का क्षेत्रीय अध्यक्ष नागेन्द्र यादव , ३ को (ख) का अध्यक्ष पवन सिंह लगायतको पनि सहभागिता थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न।
मुख्य समाचार

श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न।

प्रकाशित : २०७९ कार्तिक २३,बुधबार
नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
मुख्य समाचार

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०७९ कार्तिक २३,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद