Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

विपक्षीहरुले अत्तालिएर भ्रामक हल्ला फैलाइरहेको – प्रतिनिधीसभा सदस्य उम्मेदवार रमेश रिजाल

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक २१,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,२१ कार्तिक : पर्साको निर्वाचन क्षेत्र ४ का नेपाली काँग्रेसका प्रतिनिधीसभा सदस्य उम्मेदवार रमेश रिजालले जनता माझ आफु प्रति समर्थन बढ्दै गएपछि विपक्षीहरुले अत्तालिएर भ्रामक हल्ला फैलाइरहेको बताएका छन् ।

पाँच दलीय सत्तागठबन्धनका साझा उम्मेदवार समेत रहेका रिजालले बढ्दो जनलहरले अत्तालिएर विपक्षीहरु फोहोरी षडयन्त्रमा उत्रिएको बताएका छन् ।उनले आफुले निर्वाचन आचार संहिता अनुगमन अधिकृत रुद्र बहादुर कार्कीलाई कुनै पनि किसिमको धम्की नदिएको जिकिर गरेका छन् ।

आफनो निर्वाचन क्षेत्रमै पर्ने जगरनाथपुर गाउँपालिकामा गत आर्थिक वर्षको सामाजिक सुरक्षा भत्ता बापतको रकम निकासा गर्न बाँकी रहेको विषयमा कोष तथा लेखा नियन्त्रण कार्यालय वीरगन्जका प्रमुख समेत रहेका निर्वाचन अनुगमन अधिकृत कार्कीलाई आफूले रकम निकासा गरिदिन आग्रह गर्दै फोन गरेकोमा कार्कीले त्यसलाई बङग्याएर धम्की दिएको भन्दै झुठा आरोप लगाएको रिजालले बताएका छन् ।

जनतालाई परेको समस्यामा सहजीकरण गर्न कार्कीलाई फोन गरेर आग्रह गर्दा उल्टै कार्कीले विपक्षी उम्मेदवारको प्रभावमा परेर आफू विरुद्ध उजुरी गरेको रिजालले बताएका छन् ।चुनावसंग सम्बन्धित विषय नै नभएपनि कार्कीले गलत नियतले आफुलाई बमदनाम गराउन झुठा भ्रम फैलाउन खोजेको रिजालको भनाइ छ ।

रिजालले गाउँपालिकाको लेखा शाखामा आफ्ना मान्छे राख्न कोष तथा लेखा नियन्त्रण प्रमुख समेत रहेका कार्कीले जनप्रतिनिधीलाई दबाव दिदै सामाजिक सुरक्षाको रकम रोकेको कुरा आफुले थाहापाएपछि आफुले त्यसो नगर्न आग्रह गर्दै कार्कीलाए फोन गरेकोमा कार्कीले उक्त विषयलाई चुनावसँग जोडनुले कार्कीको मनसाय नै गलत भएको प्रष्ट भएको बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा
मुख्य समाचार

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा

प्रकाशित : २०७९ कार्तिक २१,सोमबार
“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा
मुख्य समाचार

“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा

प्रकाशित : २०७९ कार्तिक २१,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद