वीरगञ्ज
पर्सा क्षेत्र नम्बर १ बाट बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार लक्ष्मण लाल कर्णको लागि नेपाली काँग्रेसबाट सभासद रहेका अनिल रुँगटा समेत मैदानमा उत्रिएका छन ।
सँबिधान सभा सदस्य एवम् काँग्रेसबाट समानुपातिक उम्मेदवार समेत रहेका रुँगटाले आईतबार कर्णको रात्रि सभालाई सम्बोधन गरेका छन ।वीरगञ्ज महानगरपालिका–२३ प्रसौनी टोलमा आयोजना गरिएको रात्रि सभालाई काँग्रेसका रुँगटाले सम्बोधन गरेका थिए ।
सो क्रममा पर्सा क्षेत्र नम्बर १ मा बत्राम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार लक्ष्मण लाल कर्ण नै भएकोले सबै काँग्रेसका कार्यकर्ताहरुलाई बिचलित नभई कर्णको चुनाव चिन्ह साईकल छापमा मतदान गर्न आग्रह गरेका थिए ।
उनले सँबिधान र देशको रक्षाको लागि काँग्रेस सधै अघि रहेको र क्षेत्र नम्बर १ मा लोसपाका नेता कर्णलाई सबै काँग्रेसी नेताहरुले सहयोग गरि मतदान गर्नुपर्नेमा जोड दिए ।
नागरिकता बिधेयक समेत पास गराउनको लागि ाँच दलीय बाम लोकतान्त्रिक गठबन्धन बनेकोले कर्णलाई मत दिएर गठबन्धनको पक्षमा भारी बहुमत जुटाउन रुँगटाको आग्रह थियो ।
कार्यक्रमा प्रदेशसभा सदस्य १ ९ख० का काङ्ग्रेस का उम्मेदवार रामनारायण कुर्मी ,नेपाली काङ्ग्रेस का समानुपातिक उम्मेदवार अनिल रुङ्टा लगायत गठबन्धन का नेता महिला युवा कार्यकर्ताहरुको बक्लो सहभागिता रहेको थियो ।