बारा निर्वाचन क्षेत्र नम्बर ४ को निर्वाचन कार्यालयमा तालाबन्दी गर्ने एक वडा अध्यक्षलाई प्रहरीले पक्राउँ गरेको छ । पक्राउ पर्नेमा जीतपुर सिमरा उपमहानगर वडा न ७ का वडाध्यक्ष सुनील गुप्ता रहेका छन् ।
वडा अध्यक्ष गुप्ताले प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन बिथोल्ने उद्देश्यले उपमहानगरको कार्यालयमा रहेको निर्वाचन कार्यालयमा आज १ बजे तालाबन्दी गरेका थिए । ।गुप्ता नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुनुहुन्छ ।प्रहरीको सहयोगमा जीतपु्सिमरा उपमहानगरपालिका स्थित निर्वाचन कार्यालयको ताला खोलिएको थियो ।
ताला खोलेसँगै वडाध्यक्ष गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । वडाअध्यक्ष गुप्ताको नेतृत्वमा वडा सदस्यहरू सीता उप्रेतीसहितको टोली तालाबन्दीमा सहभागी भएको उपमहानगरले जनाएको छ ।
नगर प्रमुख राजन पौडेलले तत्काल प्रहरीमा जाहेरी दिने बताउँनुभएको छ । वडा अध्यक्ष गुप्तालाई छुटाउँन दलबलका साथ गएका प्रतिनिधि सभा सदस्यका उम्मेदवार एकवाल मिया र प्रदेश सभा सदस्यका उम्मेदवा् देवनारायण चौधरीलाई ईलाका प्रहरी कार्यालय सिमराले मुल गेटमै प्रबेशमा निषेध गरेको थियो ।