Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

एमालेका वडा अध्यक्षका प्रत्याशी खुर्रम आलम काँग्रेस प्रवेश, चौरसियाले गरे स्वागत

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक २०,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज, २० कार्तिक : वीरगन्ज महानगरपालिका वडा नम्बर २६ का नेकपा एमालेका प्रभावशाली नेता खुर्रम आलम , नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्षमा उम्मेदवार समेत बनेका आलम, आइतबार एमाले परित्याग गरि काँग्रेसमा प्रवेश गरेका हुन् ।
आइतबार बिहान पर्सा क्षेत्र नम्बर २ का पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवारहरुले वडा नम्बर २६ मा गरेको चुनावी घरदैलोका क्रममा आलम एमाले परित्याग गरि काँग्रेसमा प्रवेश गरेका हुन् । उनलाई काँग्रेसका प्रतिनिधीसभा सदस्य उम्मेदवार अजय चौरसियाले अबीर टीका लगाएर पार्टीमा स्वागत गरे । काँग्रेस प्रवेश गर्दै आलमले पर्सा २ मा चौरसिया सहित गठबन्धनका उम्मेदवारलाई जिताउन आजै देखि आफु कम्मर कसेर लाग्ने प्रतिबद्धता जनाए ।
त्यस अवसरमा गठबन्धनबाटै प्रदेशसभा सदस्यमा लोसपाका उम्मेदवार रमेश कुर्मीका साथै काँग्रेस, लोसपा , माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीका नेता कार्यकर्ताहरुको पनि सहभागीता थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता
मुख्य समाचार

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता

प्रकाशित : २०७९ कार्तिक २०,आईतवार
पर्सामा निर्वाचनको सबै तयारी पूरा
मुख्य समाचार

पर्सामा निर्वाचनको सबै तयारी पूरा

प्रकाशित : २०७९ कार्तिक २०,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद