Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राजनिती

सत्ता गठबन्धन आबद्ध दलका सयौंले गरे जसपा प्रवेश,प्रदीप यादव प्रतिको आकर्षण बढ्दो

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक १९,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, १८ कार्तिक । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादव प्रति आकर्षण बढ्दै गएको छ ।

चुनावी प्रचार प्रसार अभियानमा रहेको यादव प्रति आकर्षण बढ्दै जाँदा सत्ता गठबन्धनमा आबद्ध विभिन्न दलका नेता र कार्यकर्ताहरु धमाधम पार्टी परित्याग गरी जसपामा प्रवेश गर्न थालेका छन् । पर्सा जिल्लामा सत्ता गठबन्धन पार्टीका सयौँ नेता कार्यकर्ताहरुले पार्टी परित्याग गरी जसपामा प्रवेश गरेका छन् ।

शनिबार मात्र वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैयाका पूर्व वडा सदस्य एवम् भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षका प्रत्यासी खलील मियाँको नेतृत्वमा दर्जनौ कार्यकर्ताहरु जसपामा प्रवेश गरेका हुन । मियाँलाई यादवले स्वागत तथा सम्मान पनि गरेका थिए ।

त्यसैगरी वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीमा सत्ता गठबन्धन आबद्ध दल नेकपा एकिकृत समाजवादीबाट गत स्थानीय तहमा वडा अध्यक्षका प्रत्याशी एवम् भूतपूर्व वडा सचिव राजेश्व प्रसाद साहको नेतृत्वमा १ सय भन्दा बढि नेता कार्यकर्ता जसपामा प्रवेश गरेका छन् ।

त्यस्तै नेकपा एकीकृत समाजवादीबाट वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ मा वडा सदस्य प्रत्यासी रहेका मुकेश पटेल र गोपिन्द्र पटेल लगायतका नेताहरू पनि जसपामा प्रवेश गरेका छन् ।

पूर्व वन तथा वातावरणमन्त्रीसमेत रहेका यादवले समाजमा गरेको उल्लेखनिय कार्यबाट प्रभावित वीरगञ्ज महानगरपालिका वडा नम्वर १६ का नगवाकी महिला नेतृ रेणु देवीको नेतृत्वमा पनि दर्जनौं महिला तथा युवाहरुले जसपा प्रवेश गरेका छन ।

यसैक्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ मा नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि तथा मधेश प्रदेश सदस्य नेतृ पिंकी सिंहको नेतृत्वमा दुई दर्जनभन्दा बढी महिलाहरुले कांग्रेस त्याग्दै जसपा प्रवेश गरेका छन् ।

नवप्रवेशीलाई पार्टी भित्र्याउँदै जसपा राजनीति समितिका सदस्य समेत रहेका यादवले जनता समाजवादी पार्टी नेपाल प्रति बढ्दै गरेको झुकाव र विश्वासले आफूहरु उत्साहित भएको प्रतिक्रिया दिए । उनले मधेश र मधेशीका लागि लड्ने एक मात्र दल जसपा भएको यथार्थ जनताले बुझिसकेकाले विभिन्न दल त्यागेर नेताहरुले जसपालाई रोजिरहेको दावी गरे ।

विगत पाँच वर्षमा यादवले मधेश र मधेशीका लागि सडकदेखि सदनसम्म उठाएका आवाज र क्षेत्रमा गरेका नमूना विकास निर्माणका कामकै कारण यादवको लोकप्रियताले अहिले जसपामा प्रवेश गर्नेहरुको लर्को लागेको छ । वीरगञ्जमा मत्रै दिनहु भइरहेका कार्यक्रममै काँग्रेस, माओवादी केन्द्र, नेकपा एस, नेपाल सुशासन पार्टी, जनमत पार्टी लगायतका दलका नेता कार्यकर्ताहरु जसपामा प्रवेश गरिरहेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०७९ कार्तिक १९,शनिबार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०७९ कार्तिक १९,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद