Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

यादवलाई जिताउन मतदातासँग महिला नेतृहरुको आग्रह

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक १७,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, १७ कार्तिक । पर्सा क्षेत्र नम्वर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादवको पक्षमा मतदान गर्न आह्वान गर्दै महिला नेतृहरुको समूहले थालेको घरदैलो अभियान आज पनि जारी छ ।

समाजवादी महिला सङ्घ मधेश प्रदेशकी उपाध्यक्ष पीङ्की यादवको अगुवाइमा वडा नम्वर १४ मा बिहीबार घरदैलो गर्दै महिलाहरुले जनताकै बीचमा रहेर काम गर्ने प्रदीप यादवलाई मतदान गर्न आग्रह गरेका छन् ।

मतदातासँगको भेटमा उनीहरुले जनताकै बीचमा रहेर विकासका काममा निरन्तर लागेका व्यक्ति प्रदीप यादव मात्रै रहेकाले आफ्नो ठाउँलाई समुन्नत बनाउन फेरि पनि उनलाई नै जिताउनु पर्ने भन्दै छाता छापमा मतदान गर्न आग्रह गरे ।

नागरिकताको सवालमा प्रदीप यादवले सदन र सडकमा निरन्तर आवाज उठाउँदै आएको र न्यायालयमा पनि मुद्धा लडेको स्मरण गराउँदै महिला नेतृहरुले त्यसलाई निर्णायक चरणमा पुर्याउन पनि प्रदीप यादवलाई जिताउनु पर्नेमा उनीहरुले मतदातासँग आग्रह गरेका थिए ।

मतदाताले पनि आफूहरुले जोश जागरले भरिएको र सदैब जनताकै बिचमा रहने यादवलाई नै मतदान गरेर फेरि पनि जिम्मेवारी सुम्पन तयार रहेको बताएका छन् ।

घरदैलो कार्यक्रममा जसपा नेतृहरु अन्नपूर्णा मानन्धर, पिंकी सिंह, प्रेरणा श्रेष्ठलगायतको सहभागीता थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०७९ कार्तिक १७,बिहीबार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०७९ कार्तिक १७,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद