वीरगंज, कार्तिक १७
वीरगंज २३ सवैठवाका चर्चित युवा नेता धर्मेन्द्र यादव (भोला) आज माओवादी पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन । वडा अध्यक्ष अवधकिसोर कुशवाहाको बिशेष पहलमा यादव एमाले प्रवेश गरेका हुन । यादवलाई नेकपा एमाले मधेश प्रदेशका सचिवालय कमिटी सदस्य एवं पर्सा क्षेत्र नम्बर १(क)का उम्मेदवार बिचारी यादवले अबिर टिका लगाई पार्टीमा स्वागत गरेका थिए । यादव गत स्थानिय तहको निर्वाचनमा माओवादीको तर्फबाट वडा अध्यक्ष पदमा चुनाव लडेका थिए । यादव त्यो बेला ३५० मत प्राप्त गरेका थिए । यादव संगै दर्जन भन्दा बढि युवाहरु एमाले प्रवेश गरेका छन । हिजो मात्र माओवादीका प्रभावशाली युवा नेताहरु जसपा प्रवेश गरेका थिए । दुई दिनभित्र माओवादीका दर्जन भन्दा बढि नेताहरु अन्य पार्टीमा प्रवेश गरे संगै सो वडामा माओवादी कमजोर भएको श्रोतको दावी छ । यादवको प्रवेश संगै सवैठवा टोलमा एमाले झन बलियो भएको छ । यादव युवा माझ निकै लोकप्रिय नेताका रुपमा चिनिन्छन ।
© 2024