Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मैले गरेका कामहरु नै मेरो जितको आधार हो : प्रदीप यादव

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक १५,मंगलवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, १० कार्तिक । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्यमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार प्रदीप यादवले मंगलबार वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ का विभिन्न टोलमा चुनावी घरदैलो गरि मतदातालाई भेटेका छन् ।

छठ पूजा सकिए लगत्तै चुनावी प्रचार प्रसारलाई तिब्र पारेका पूर्व मन्त्री यादवले मंगलबार बिहान नेता कार्यकर्ता सहित वडा नम्बर १५ मा पुगेर मतदातालाई भेट्दै उनिहरुका समस्या र गुनासो पनि सुने ।

त्यस क्रममा उनले यसपालिको निर्वाचन सहि नेता चुन्ने अवसर पनि भएकाले काम गर्ने नेतालाई नै जनताले अवसर दिनु पर्ने बताए । विगतमा पदमा हुँदा समेत केहि गर्न नसकेकाहरुले अहिले फेरि आश्वासन मात्रै बाड्दै हिडेको भन्दै यादवले भने, ‘उनिहरुको आश्वासनमा अब जनता पर्नेवाला छैनन्, जनताले आश्वासन हैन काम चाहेका हुन्छन, काम गर्ने नेता नै जनताको रोजाइमा फेरि पर्छन् ।’

जसपाका उम्मेदवार यादवले आफु नेता नभइ जनताको सेवक भएकाले जनताको सेवा नै आफनो मूलमन्त्र रहेको र त्यहि लक्ष्य लिएर जनता माझ रहदै आएको बताए । विगत पाँच वर्षको कार्याकालमा पर्सा-१ मा आफुले गरेका कामको मूल्यांकन गरेकै कारण जनताले आफुलाई फेरि अवसर दिनेमा आफु ढुक्क रहेको उनले बताए ।

अरुलाई गाली गरेर मात्रै जनताको मन जित्न नसकिने बताउदै यादवले भने, ‘म अरु जस्तो विपक्षीलाई गाली गरेर समय खेर फाल्दिन, मैले गरेका काम जनताले देखेका छन्, मेरो जितको आधार त्यहि नै हो ।’

घरदैलो कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्धीका साथै जसपाका नेता कार्यकर्ताहरुको सहभागीता थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता
मुख्य समाचार

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता

प्रकाशित : २०७९ कार्तिक १५,मंगलवार
पर्सामा निर्वाचनको सबै तयारी पूरा
मुख्य समाचार

पर्सामा निर्वाचनको सबै तयारी पूरा

प्रकाशित : २०७९ कार्तिक १५,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद