छठ पर्वका लागि अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिने घाट सजिसजाउ गर्ने काम सकिएको छ ।
आइतबार अस्ताउँदो सूर्यलाई र सोमबार उदाउँदो सूर्यलाई अर्घ दिन ब्रतालुहरु घाट पुग्ने गर्छन् ।
यसै क्रममा शनिबार बिहान वीरगञ्ज १६ नगवामा रहेको माइदिया पोखरी सफाई गरिएको छ । पोखरीमा हजारौँ ब्रतालुहरु सूर्यलाई अर्घ दिन पुग्ने गरेका छन् ।
इन्क्रेडिबल वीरगञ्जले शनिबार विहान पोखरी परिसर सफाई गरेको हो ।
पोखरी सरसफाई कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, माइदिया पोखरी छठ पूजा समितिका अध्यक्ष प्रभु साह कानु लगायतको सहभागिता रहेको इन्क्रेडिबल वीरगञ्जका अध्यक्ष नितेश वर्णवालले जानकारी दिए ।
आफ्नो प्रतिक्रिया दिनुहोस