Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएका अजय द्विवेदीको मतदाताहरुसँग निरन्तर भेटघाट

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक ११,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज, ११ कार्तिक । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारहरुले मतदाताको घर घरमा गएर मत माग्ने कामलाई निरन्तरता दिएका छन् । प्रतिनिधिसभा सदस्यका लागि पर्सा क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएका अजय द्विवेदीले पनि मतदाताहरुसँग निरन्तर भेटघाट गर्नुभएको छ ।

उहाँले शुक्रबार पर्साको क्षेत्र नम्बर अन्तर्गत पर्ने वीरगन्ज महानगरपालिका वडा नम्बर २३ प्रसौनीमा मतदाताहरुलाई भेट्नु भएको छ । भेटका क्रममा उहाँले पर्साको विकासका लागि आफू स्वतन्त्र रुपमा उम्मेदवारी दिएको बताउनुभयो ।

दलका नेताहरु नेतावाद, गुटवाद र व्यक्तिवाद भएको भन्दै अब दलका उम्मेदवारहरुले जितेमा कार्यकर्ता भर्तीकेन्द्र मात्रै बनाएर विकास भने नगर्ने बताउनुभयो । उहाँले दलहरुले आफू आफू जित्नका लागि जनताको मतलाई बन्धक बनाउन खोजेकोले नै जनमतका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।

पर्सामा वृद्धदेखि युवासम्मका मतदाताहरुले वैकल्पिक उम्मेदवार खोजीरहेकाले वीरगन्जका मतदाताहरुको मत खेर नजाओस भनेर नै आफूले स्वतन्त्र उम्मेदवारी दिएको प्रष्ट पार्नुभयो । मतादाता भेटघाट कार्यक्रममा द्विवेदीलाई अरुले जस्तो विकासको नाममा भ्रष्टाचार नगर्न र पर्साको नमूना विकास गर्न सुझाव दिएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नगरप्रमुखको सक्रिय पहलले ल्यायो आशा – वीरगञ्जमा विद्युत् समस्या समाधानको बाटो खुल्दै
मुख्य समाचार

नगरप्रमुखको सक्रिय पहलले ल्यायो आशा – वीरगञ्जमा विद्युत् समस्या समाधानको बाटो खुल्दै

प्रकाशित : २०७९ कार्तिक ११,शुक्रबार
हेटौँडाका वरिष्ठ व्यवसायी विन्दल दासमाथि आक्रमण, समुदाय स्तब्ध
मुख्य समाचार

हेटौँडाका वरिष्ठ व्यवसायी विन्दल दासमाथि आक्रमण, समुदाय स्तब्ध

प्रकाशित : २०७९ कार्तिक ११,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद