Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा २ का काँग्रेस उम्मेदवारको समर्थनमा उत्रिए गृहिणी महिलाहरु पनि

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक ११,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,११ कार्तिक : पर्साको निर्वाचन क्षेत्र नम्बर २ मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरु मतदातासंगको भेटघाटमा व्यस्त रहेका छन् ।
दिनहु चुनावी घरदैलो गर्दै आएका काँग्रेसका प्रतिनिधीसभा सदस्यका उम्मेदवार अजय चौरसिया र प्रदेश सभा सदस्य उम्मेदवार श्याम पटेलले शुक्रबार पनि बिहानै देखि मतदाताको घरदैलोमा पुगेर आफनो पक्षमा मत मागेका छन् ।
शुक्रबार बिहान पर्सागढी नगरपालिका वडा नम्बर ५ को बहुअर्वा , पचरुखी र हर्दिया गाँउमा पुगेका चौरसिया र पटेललाई स्थानीयले अबीरको टिका र माला लगाउदै जितको आशीर्वाद नै दिएका छन् । पर्सागढी ५ मा शुक्रबार चुनावी घरदैलोका क्रममा खासगरि गृहणी महिलाहरुले स्वस्फूर्त रुपमा घरघरबाट निस्किएर दुवै उम्मेदवारलाई अबीरको टिका र फूलको माला लगाउदै जितको आशीर्वाद दिएको काँग्रेसका क्षेत्रीय सचिव रन्जित पटेलले बताए ।
गृहिणी महिला , बृद्धबृद्धा र युवाहरुले दर्शाएको आत्मीयता र समर्थनले आफुहरु निक्कै उत्साहित बनेको प्रतिनिधीसभा सदस्य उम्मेदवार चौरसियाले सन्चारकर्मीलाई प्रतिक्रिया दिए ।
मतदाताको माझबाटै उनले भने ,‘ आज जनताले गरिरहेको यो समर्थन विगतमा मैले यस क्षेत्रमा कामको मुल्यांकन नै हो , अबका दिन अझ जनतामा समर्पित भएर काम गर्ने अठोट लिएको छु , जनताको भरोसा कदापि टुट्न दिन्न ।
यस्तै प्रदेशसभा सदस्य उम्मेदवार पटेलले पनि जनताबाट पाइरहेको स्वागत र समर्थनले जिम्मेदवार झन बढेको महसुस गरिरहेको प्रतिक्रिया दिए । उनले भने ,‘ जनता अब धेरै सचेत भइसकेका छन् , जनताको अबको रोजाइ भाषण गर्ने होइन काम गर्ने नेता नै हुन्छन् ।

घरदैलो कार्यक्रममा गठबन्धनमा आबद्ध पाच वटै दलका नेता कार्यकर्ताहरुको सहभागीता थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सागढी–४ मा काँग्रेस उम्मेदवार अजय चौरसियाको भेटघाट तीव्र, पार्टीको इतिहास र सिद्धान्तबारे मतदातालाई प्रश्न गर्न आग्रह
मुख्य समाचार

चौरसियाको दाबी—‘म कानुनमन्त्री हुँदा आमाको नामबाट नागरिकता सम्भव भयो’

प्रकाशित : २०७९ कार्तिक ११,शुक्रबार
नेशनल मेडिकल कलेज र मानवसेवा आश्रमबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
राष्ट्रिय

नेशनल मेडिकल कलेज र मानवसेवा आश्रमबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०७९ कार्तिक ११,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद