चोर्नीका मतदातासँग भेटघाट गर्दै कर्णले प्रतिगमनकारी शक्तिलाई परास्त गर्न र संविधानको रक्षाको लागि गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताएका थिए ।
देशलाई प्रतिगमनकारी शक्तिबाट गठबन्धनले नै बचाएकाले अब देशको विकास यही गठबन्धनबाट मात्रै सम्भव रहेकाले आफुलाई मत दिन मतदाताहरुसँग उनले आग्रह गरेका थिए । पाँच दलीय गठबन्धन भएपछि जसपाले मधेसका मुदा छाडेर एमालेसित नमिल्ने गठबन्धन गरेको कर्णको भनाई थियो ।
आफु क्षेत्र नम्बर ४ को साँसद भएको बेलामा आफ्नो सँसदीय कोष र बिभिन्न मन्त्रालयबाट पहल गरेर सो क्षेत्रमा करोडौको योजनाहरु सञ्चालनमा ल्याएको उनको दाबी थियो ।
कर्णले गठबन्धनको निर्णय र वीरगञ्ज महानगरपालिकाको बिकासको लागि नै आफु यसपालि क्षेत्र नम्बर १ बाट चुनाव लडिरहेको बताए । जवाफमा भेटघाटमा उपस्थित भएका मतदाताहरुले आफ्नो मत कर्णलाई नै दिने आश्वासन दिएका थिए । उनीहरुले यसपालि पनि कर्णलाई नै जिताउने मनसाय बनाईसकेको बताएका थिए ।