Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सावासीले विकासप्रेमीलाई चुनेर पठाउने छन् : प्रदीप यादव

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक ६,आईतवार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, ६ कार्तिक । पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादवले आज सातौँ दिन पनि चुनावी रोड शो र जनता भेटघाट कार्यक्रमलाई निरन्तरता दिएका छन् ।

पूर्वमन्त्रीसमेत रहेका यादवले आइतबार क्षेत्र नम्बर १ मा पर्ने वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १५ स्थित भुषुवा र वडा नम्बर १६ स्थित नगवामा रोड शो गरेका हुन् ।

रोड शोका क्रममा यादवले स्थानीयहरुसँग भेटघाट गर्दै देशको विकास, समृद्धी र सुशासन स्थापनाका निमित्त जसपा-एमाले गठबन्धनका साझा उम्मेदवारहरुलाई जिताउन आग्रह गरे ।

यादवले सत्ता गठबन्धनले एकलौटी राज चलाएर देशमा तानाशाह स्थापना गर्न खोजेको आरोप लगाउँदै गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि जसपा-एमालेका उम्मेदवारहरुलाई जिताउनु पर्ने बताए ।

यादवले आफू सांसद् र सानो समयका लागि मन्त्री हुँदा पनि आफ्नो क्षेत्र र समग्रमा पर्सा जिल्लामा भ्याएसम्म विकास निर्माणका योजनाहरु ल्याएको र पूरासमेत गरेको दावी गर्दै आगामी दिनमा बाँकी रहेको काम सम्पन्न गर्न आफूलाई निर्वाचित गराउन मतदातासँग आग्रह गरे ।

सोही क्रममा यादवले हिन्दूहरुको महान पर्व दिपावली र छठको शुभकामना आदानप्रदान पनि गरेका थिए ।

मधेश प्रदेशका मुख्यमन्त्रीसमेत सहभागी रहेको कार्यक्रममा जसपा र एमालेका कार्यकर्ताहरुको पनि ठूलो सङ्ख्यामा उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

महानगरको मेयरमा रास्वपाबाट किशोर कुमार यादवको नाम चर्चामा, आधिकारिक निर्णय हुन बाँकी
मुख्य समाचार

महानगरको मेयरमा रास्वपाबाट किशोर कुमार यादवको नाम चर्चामा,

प्रकाशित : २०७९ कार्तिक ६,आईतवार
अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह
मुख्य समाचार

अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह

प्रकाशित : २०७९ कार्तिक ६,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद