Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पाँच वर्षसम्म जनताको विचमा रहेर काम गरेको छु, विकासप्रेमी जनताले पुन: मलाईनै चुन्नेछन् : प्रदीप यादव

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक ५,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बिरगंज,५ कार्तिक । पर्सा क्षेत्र नम्बर १ मा जसपा–एमाले गठबन्धनबाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार प्रदीप यादवले शनिबार वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ का अगुवा नेता कार्यकर्ताहरुसँग चुनावी छलफल गरेका छन् ।

सोलखपुरमा सांसद् प्रदीप यादवकै संसदीय विकास कोषको रकमबाट निर्मित ऐतिहासिक थारु नाँचघरमा आयोजित छलफल कार्यक्रममा सहभागी जसपाका अगुवा नेता कार्यकर्ता र स्थानीय बुद्धिजीवीहरुले जसपा–एमाले गठबन्धनका उम्मेदवारलाई जिताउन आफुहरु लागि परेको बताए ।

उनिलहरुले पर्सा-१ का जनताले पनि चुनाव ताका मात्रै गाँउघरमा आउने तर चुनाव जितेर गइसकेपछि फर्केर पनि नआउने नेता भन्दा विकासको काम गर्ने र जनताको साथमा रहने उम्मेदवार यादवलाई यसपालि फेरि मत दिएर जिताउने मनसाय बनाइसकेको पाइएको बताए ।

त्यसका कारण पर्सा-१ मा प्रतिनिधीसभा सदस्यमा यादवको जित सुनिश्चित हुदै गइरहेको उनिहरुको भनाइ थियो ।

कार्यक्रममा बोल्दै प्रतिनिधीसभा सदस्य उम्मेदवार यादवले विगतको पाँच बर्षको कार्यकालमा आफुले पर्सा क्षेत्र नम्बर १ को विकास र समृद्धिलाई मुलमन्त्र बनाएर कामहरु गरेको बताए । यहि क्षेत्रमा पर्सा मात्र नभइ नेपाललाई नै अन्तराष्ट्रिय स्तरमा चिन्हाउने गरि अन्तराष्ट्रिय स्तरको प्राकृतिक चिडियाखाना निर्माणको काम पनि शुरु गराइसकेकाले जनताले अवश्य मूल्यांकन गर्ने यादवले बताए ।

यसैबीच वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ को भेडीयाहीमा नेपाली कांग्रेस त्यागेर दुई दर्जनभन्दा बढी युवाहरुले जसपा प्रवेश गरेका छन् । नेपाली कांग्रेसका स्थानीय युवा नेता रामनन्द चौधरीको नेतृत्वमा उनीहरुले जसपा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई यादवले फूलमाला र टिका लगाएर पार्टीमा स्वागत गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा
मुख्य समाचार

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा

प्रकाशित : २०७९ कार्तिक ५,शनिबार
“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा
मुख्य समाचार

“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा

प्रकाशित : २०७९ कार्तिक ५,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद