Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मधेस र देशको समृद्धिका लागि फेरि पनि सत्ता गठबन्धनकै सरकार बन्न आवश्यक- उम्मेदवार रमेश रिजाल

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक २,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,०२ कात्तिक । पोखरीया नगरपालिकाको विभिन्न गाँउमालोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारले बुधबार चुनावी घरदैलो कार्यक्रम गरेको छ। लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारले पर्सा क्षेत्र नम्बर ४ मा पर्ने पोखरीया नगरपालिकाको विभिन्न गाँउको टोल टोलमा बुधबार चुनावी घरदैलो कार्यक्रम गरेका हुन् ।

पर्सा ४ का काँग्रेसका प्रतिनिधीसभा सदस्य उम्मेदवार रमेश रिजाल र माओवादी केन्द्रकी प्रदेशसभा सदस्य उम्मेदवार शेख चाँदताराले दलका नेता कार्यकर्तासंगै पोखरीया नगरपालिकाको बसन्तपुर र फुलवरीयामा घरदैलो कार्यक्रम गरेका हुन् ।

घरदैलो कार्यक्रममा मतदाताहरुसंग भेट्दै दुवै उम्मेदवारले जनताको सुखदुखमा साथ दिदै आएकाले लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई मत दिएर विजयी बनाउन आग्रह गरेका थिए । प्रतिनिधीसभा सदस्यका उम्मेदवार रिजालले मधेस र देशको समृद्धिका लागि फेरि पनि सत्ता गठबन्धनकै सरकार बन्न आवश्यक भएकाले निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई नै मत दिएर विजयी बनाउन अनुरोध गरे ।

संविधान र लोकतन्त्र मास्न खोज्ने दल एमाले र उससंग घाँटी जोडेको जसपा दुवै अहिले सत्ता स्वार्थका लागि एक भएकाले उनिहरुलाई परास्त नगरिए फेरि संविधान र लोकतन्त्र समाप्त पार्ने खतरा रहेको पनि उनले बताए । रिजालले भने ,‘ जसले मधेसको मसिहा भनेर मधेसीको बलिदानी दिन लगायो त्यहि दल अहिले मधेस विरोधी एमालेसंग घाँटी जोड्न पुगेको छ , यदि उनिहरुलाई चुनावमा जनताले परास्त गरेनन् भने फेरि पनि लोकतन्त्र र संविधान दुवै खतरामा पर्न सक्छ , जनताले यो कुरा बु्झन जरुरी छ ।

काँग्रेस केन्द्रिय सदस्य समेत रहेका रिजालले मधेस र मधेसीको अधिकार र मुद्धाको पक्षमा काँग्रेस सदैव साथ दिने पार्टी काँग्रेस नै रहेको कुरा इतिहासले पुष्टि गरिसकेको पनि बताए ।
घरदैलो कार्यक्रममा कांग्रेसका महासमिति सदस्य एवं जिल्ला प्रवक्ता रमेश पाण्डे, जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त यादव लगायतको सहभागीता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
मुख्य समाचार

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०७९ कार्तिक २,बुधबार
अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री  वितरण
मुख्य समाचार

अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

प्रकाशित : २०७९ कार्तिक २,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद