वीरगंज ०१ कार्तिक ।प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ काे (२) का उम्मेदवार ओमप्रकाश सर्राफले चुनावी भेटघाट कार्यक्रमलाई तिब्रता दिएका छन् । प्रदेशसभा सदस्यका उम्मेदवार सर्राफले साेमबार वीरगंज महानगरपालिकाकाे वडा नं. १६ इनार्वामा भेटघाट गरेका छन् ।
लाैराै चुनाव चिन्ह लिएर चुनावी मैदानमा रहेका सर्राफले आफ्नाे निर्वाचन क्षेत्र अन्तर्गतकाे इनार्वामा मतदाताहरुसंग भेटघाट गर्दै आफुलाई मतादन गर्न आग्रह गरेका हुन् । उनले आफु सधै जनताकाे सेवा गरेकाे र जनताकाे सुख, दु:खमा साथमा रहेकाेले आफ्नाे चुनाव चिन्ह लाैराेमा मतदान गर्न आग्रह गरेका हुन् ।
भेटघाटकाे क्रममा मतदाताहरुले आफुलाई मतदान गर्न एकदम उत्साहित देखिएकाे उम्मेदवार सर्राफले वताए । यस क्षेत्रमा यसअघिकाे निर्वाचनमा निर्वाचित मुख्यमन्त्री लालबाबु राउतले भ्रष्टाचारकाे अलावा केही नगरेकाे आराेप लगाउँदै सर्राफले आफु निर्वाचित भए भ्रष्टाचारहीकाे ठेगान लगाउने वताए ।
उम्मेदवार सर्राफले भेटघाटकाे क्रममा आफ्नाे जिवन समाज सेवा र संघर्षमा समर्पण गरेकाेले आफुसंग अरु उम्मेदवारकाे सरह आर्थिक खर्च गर्ने अवस्था नरहेकाे वताउँदै मुठिदान गरेर भएपनि चुनाव जिताउन आग्रह गरेका हुन् ।
यसअघि आइतबार पनि उम्मेदवार सर्राफले वीरगंज महानगरपालिकाकाे वडा नं. १५ भेडिहायीमा मतदाता भेटघाट गरेका थिए । त्यहाँ पनि भेटघाटकाे क्रममा आफुलाई मतदान गर्न मतदाता उत्साहित देखिएकाे उम्मेदवार सर्राफले वताए ।
भेटघाटमा इन्जिनियर गजेन्द्र दास, समाजसेवी जगदिश साह, युवा नेताहरू संजय पटेल, भागिरिथ साह, सत्युग साह, समाजिक अभियन्ता किसन कुमार, ओम साह, अभियन्ता चन्दन साह लगायतकाे पनि सहभागिता रहेकाे थियाे ।