Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

स्वतन्त्र उम्मेद्वार सिंहलाई घरघरमा मतदाताको स्वागत

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ आश्विन ३१,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,३१ असोज ।
स्वतन्त्र उम्मेद्वार रुपेशमान सिंहलाई विजयी बनाउन भन्दै मतदाताले नै थालेको घरदैलो अभियान आज पनि जारी छ ।

पर्साको क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेद्वारी सिंहको पक्षमा मतदान गर्न आह्वान गर्दै मतदाताले नै स्वस्फूर्त घरदैलो अभियान चलाइरहेका हुन् ।
अभियानको दोस्रो दिन आज वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १ को बजार छपकैयाँका मतदाताले उम्मेद्वार सिंहलाई घरघरमा स्वागत गर्दै विजयी बनाउन कुनै कसर बाँकी नछाड्ने प्रतिबद्धता जनाएका छन् ।

यस अघि जितेर गएकाहरु व्यक्तिगत स्वार्थमा मात्रै लागेको र यस क्षेत्रका लागि उपलब्धिमूलक काम गर्न नसकेको भन्दै अब स्वतन्त्र उम्मेद्वार सिंहलाई नै विजयी बनाउन आफूहरु खटिएको मतदाताहरुले बताएका थिए ।
स्वतन्त्र उम्मेद्वार सिंहले जनभावना र मतदाताकै सल्लाह बमोजिम आफू अघि बढ्ने भन्दै मतदाताको सुझाव अनुसार नै काम गर्ने विश्वास दिलाए ।
शिक्षा, स्वास्थ्यमा बढी जोड दिएको भन्दै सिंहले यस क्षेत्रका मतदाताको आवाज सदनसम्म पुर्याउन र त्यही बमोजिम योजना बनाउन आफू लागि पर्ने पनि बताए ।
घरदैलो अभियानमा अग्रज, युवा, महिला, बुद्धिजिवि लगायतको सहभागिता थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

महानगरको मेयरमा रास्वपाबाट किशोर कुमार यादवको नाम चर्चामा, आधिकारिक निर्णय हुन बाँकी
मुख्य समाचार

महानगरको मेयरमा रास्वपाबाट किशोर कुमार यादवको नाम चर्चामा,

प्रकाशित : २०७९ आश्विन ३१,सोमबार
अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह
मुख्य समाचार

अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह

प्रकाशित : २०७९ आश्विन ३१,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद