वीरगन्ज । पर्साको जीराभवनी गाउँपालिकामा नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश रिजाल र कार्यकर्ता बीच भेटघाट सम्पन्न भएको छ । नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नं. ४ को जीराभवनी गाउँपालिकाको कार्यकर्ता भेटघाटनेपाली कांग्रेस जगरनाथपुर गाउँपालिका अध्यक्ष बिहारी महतो नुनियाको अध्यक्षतामा सम्पन्न भएको हो ।
नेपाली कांग्रेस जगरनाथपुर गाउँपालिका अध्यक्ष बिहारी महतो नुनियाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश रिजालले संविधानको रक्षा र समृद्धिको लागि अहिलेको बाम लोकतान्त्रिक गठबन्धनलाई जिताउन आवश्यक रहेको बताए ।
दुईतिहाईको सरकारको नेतृत्व गरेको केपी ओलीले संसद नै विघटन गरेर संविधान समाप्त पार्न खोजेको बताउदै फेरीपनि संसद विघटन गर्ने पार्टीलाई जिताएर जनताले गल्ती नगरे बताए ।
कार्यक्रममा अतिथिहरु प्रदेश सभा सदस्य शकर चौधरी, जगरनाथपुर गापा अध्यक्ष श्रीकान्त यादव, जिराभवानी गापा अध्यक्ष अनोज चौधरी,उपाध्यक्षहरु बबिता सिंह,रेखा चौधरी युवा नेता राकेश यादव लगायतको उपस्थित रहेकोे थियो । कार्यक्रमको सहजीकरण रामायण यादवले गरेका थिए।