Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सामा नेपाली काँग्रेसका उम्मेदवारहरुलाइ जिताउन एकजुट प्रेस युनियनमा आबद्ध पत्रकार

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ आश्विन २९,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पर्सा,२९ असोज । पर्सामा सत्ता गठबनधनबाट नेपाली काँग्रेसका उम्मेदवारहरुलाइ जिताउन एकजुट भएर लाग्ने नेपाल प्रेस युनियनमा आबद्ध पत्रकारहरुले प्रतिबद्धता जनाएका छन् । प्रेस युनियन , काँग्रेसको शुभेच्छुक संगठन हो । शनिबार वीरगन्जमा आयोजित पर्साका काँग्रेसका उम्मेदवार र प्रेस युनियनमा आबद्ध पत्रकाहरुको भेलामा सहभागी पत्रकारहरुले लोकतन्त्रको रक्षाका लागि मियोको रुपमा रहेको काँग्रेसका उम्मेदवारहरुलाइ विजयी बनाउने अभियानमा सकृयताका साथ लाग्ने प्रतिबद्धता जनाएका हुन् ।

उनिहरुले मुलुकमा आइपरेका हरेक राजनीतिक संकटबाट पार लगाउने काम काँग्रेसले नै गरेको र काँग्रेस बलियो रहे मात्र लोकतन्त्र र संविधान सुरक्षित हुने भएकाले काँग्रेसका उम्मेदवारहरुलाइ जिताउने नैतिक दायित्व आफुहरुको बताए । मधेसका हरेक मुद्धा र सवालमा काँग्रेसले वकालत गर्दै आएकाले मधेसका बाँकी रहेका मुद्धा सम्बोधन गराउने दायित्व पनि काँग्रेसकै रहेको र काँग्रेसले नै त्यो काम गर्ने उनिहरुको भनाइ थियो ।

कार्यक्रममा सहभागी पर्सामा काँग्रेसका उम्मेदवार र अगुवा नेताहरुले आसन्न निर्वाचनमा प्रेस युनिययनको भूमीका महत्वपूर्ण भएकाले काँग्रेसका उम्मेदवारको पक्षमा दृढ भएर लाग्न अनुरोध पनि गरे । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य एंव पर्सा क्षेत्र नम्बर ४ का उम्मेदवार रमेश रिजाल ,जिल्ला सभापति एंव पर्सा ३ (ख) का उम्मेदवार जनार्दन सिंह क्षेत्री, जिल्ला उपसभापति एंव पर्सा १ (ख) का उम्मेदवार रामनारायण कुर्मी , संविधानसभा सदस्य अनिल रुंगटा , जिल्ला सचिव एंव वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम , जगरनाथपुर गाँउपालिकाका अध्यक्ष श्रीकान्त यादव लगायतको सहभागिता रहेको थियो ।

त्यसैगरी प्रैस युनियनका अग्रज एंव नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, प्रेस युनियनका केन्द्रिय सचिव अशोक तिवारी , केन्द्रिय सदस्यद्वय श्रीराम रायमाझी, निलिमा पौडेल, जिल्ला अध्यक्ष रामनारायण कुर्मी, सचिल लालकिशोर सिंह लगायतको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

उपेन्द्र यादवको स्पष्ट सन्देश – अबको राजनीति सत्ता स्वार्थमा होइन, जनताको हितमा हुनुपर्छ
मुख्य समाचार

उपेन्द्र यादवको स्पष्ट सन्देश – अबको राजनीति सत्ता स्वार्थमा होइन, जनताको हितमा हुनुपर्छ

प्रकाशित : २०७९ आश्विन २९,शनिबार
नेपाली कांग्रेसबाट अरविन्दकुमार गुप्ता १ वर्षका लागि निष्काशित
मुख्य समाचार

नेपाली कांग्रेसबाट अरविन्दकुमार गुप्ता १ वर्षका लागि निष्काशित

प्रकाशित : २०७९ आश्विन २९,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद