Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जसपा र मधेस विरोधी एमालेसंग चुनावमा मधेसी जनताले जवाफ माग्नु पर्छ : रमेश रिजाल

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ आश्विन २७,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,२७ । पर्सा क्षेत्र नम्बर ४ का नेपाली काँग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश रिजालले दुइ चार जना मधेसी मर्दैमा केहि फरक नपर्ने भनेर भाषणा गर्ने केपी ओलीको पार्टी एमाले र उसंग साँठगाँठ गर्ने जसपा दुवै दलसंग मधेसी जनताले जवाफ माग्नु पर्ने बेला आएको बताएका छन् ।

पर्साको छिपहरमाइ गाँउपालिकको जयमङगलापुरमा बिहीबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै सत्तागठबन्धनका साझा उम्मेदवार समेत रहेका रिजालले भने ,‘ यदि उनिहरु फेरि जिते भने मिलेर लोकतन्त्र र संविधान नै समाप्त पार्छन्, त्यसका कारण अबको निर्वाचनमा काँग्रेस र पाच दलीय गठबन्धनका उम्मेदवारलाइ नै विजयी बनाउनु मधेस र देशको आवश्यकता हो , अनि मात्र लोकतन्त्र र संविधानको रक्षा हुन्छ ।संविधान विरोधी एमाले लगायतका शक्तिहरुलाइ परास्त गर्न नै काँग्रेसले पाँच दलीय गठबन्धन गर्नु परेको उनले बताए ।

पर्सा ४ मा रमेश रिजालले के गरे भन्ने प्रश्न गर्ने विपक्षी दलका नेताहरुलाइ लक्षित गर्दै रिजालले भने ,‘अहिले रमेश रिजाल सांसद छैनन् ,अहिले सांसद , मन्त्री जो छन् जसपाका अनि तीन वर्ष दुइ तिहाइको सरकार चलाउनने एमालेका नेताहरुले भन्नु परयो के गरे , अहिले जो विधायक छन् जसपाका सिंहासन सा कलवार उनले के गरे त्यसको जवाफ दिनु परयो ,रमेश रिजाल त १० बर्ष देखि सांसद पदबाट बाहिर छ , जवाफ उनिहरुले नै दिनु पर्छ जनतालाई ।

दुइ चार जना मधेसी मर्दैमा केहि फरक नपर्ने भनेर भाषणा गर्ने र संघीयता विरोधी एमाले र उसका अध्यक्ष केपी ओलीसंग साँठगाँठ गर्ने जसपासंग यो चुनावमा मधेसी जनताले जवाफ माग्नु पर्ने बेला आएको बताए ।रिजालले भने , यदि उनिहरु फेरि जिते भने मिलेर लोकतन्त्र र संविधान नै समाप्त पार्छन्, त्यसका कारण अबको निर्वाचनमा काँग्रेस र पाच दलीय गठबन्धनका उम्मेदवारलाइ नै विजयी बनाउनु मधेस र देशको आवश्यकता हो , अनि मात्र लोकतन्त्र र संविधानको रक्षा हुन्छ । संविधान विरोधी शक्तिहरुलाइ परास्त गर्न नै काँग्रेसले पाँच दलीय गठबन्धन गर्नु परेको उनले प्रस्ट्याए ।
उनले काँग्रेस पार्टी कसैको विर्ता नभएको भन्दै युवा र सक्षम नेतालाइ अवसर दिन आफु तयार रहेको बताए । रिजालले भने ,‘ काँग्रेस पार्टी रमेश रिजालको पनि बपौती होइन , म स्वंय भन्छु सक्षम साथीहरु आउनुस् अगाडि बढ्नुस् , म साथ दिन तयार छु , तर त्यस्ता साथीहरु अगाडि आउन तयार हुनुपर्छ ।

रिजालकै प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा काँग्रेसका मधेस प्रदेश महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ, पार्टी प्रवक्ता रमेश पाण्डे , महाधिवेशन प्रतिनिधि बशिस्ठ नारायण कुर्मी, नेता किशोरी साह कानु जिल्ला सहसचीव नवीन सिंह, कोषाध्यक्ष प्रेम थापा , क्षेत्रीय सभापति एंव जगरनाथपुर गाउपालिकाका अध्यक्ष श्रीकान्त यादव, क्षेत्रीय सचीव बालिस्टर अहमद , युवा नेता राकेश यादव,धमेन्द्र पटेल लगायतको पनि सहभागीता थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०७९ आश्विन २७,बिहीबार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०७९ आश्विन २७,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद