Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

स्वतन्त्र उम्मेदवारी दिए जसपाका निवर्तमान प्रदेश सभा सदस्य जन्नत अन्सारीले

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ आश्विन २३,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२३ असोज, वीरगञ्ज
जनता समाजवादी पार्टी नेपालका निवर्तमान प्रदेश सभा सदस्य जन्नत अन्सारीले स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका छन् । ०७४ सालमा पर्सा क्षेत्र नं १ को (क)बाट निर्वाचित भएका अन्सारीलाई पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
एमालेसँग चुनावी तालमेलका क्रममा पर्सा क्षेत्र नं १ को क एमालेको भागमा परेको छ । एमालेले संविधान सभा सदस्य विचारी यादवलाई चुनाव लडाउँदैछ । काँग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनबाट माओवादी केन्द्रका रहबर अन्सारीले उम्मेवारी दिँदैछन् । ०७४ को निर्वाचनमा रहबर ६७९४ मत ल्याएर तेस्रो स्थानमा थिए ।
०७४ को निर्वाचनमा तत्कालिन संघीय समाजवादी पार्टीबाट ८५९३ मत ल्याएर अन्सारी प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । उनको निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका रामनारायण प्रसाद कुर्मीले ७१७१ मत ल्याएका थिए ।
पार्टीले आफ्नो कामको मुल्यांकन नगरेकोले स्वतन्त्र उम्मेदवारी दिएको अन्सारीले सञ्चारकर्मीहरुलाई बताएका छन् । ‘पार्टीले अन्याय ग¥यो, पाँच वर्ष जनताको सेवा गर्दा पनि मुल्यांकन गरिएन ।’ उनले भने ‘ जनता मेरो पछाडि छ । म जनताको सेवक हुँ, सेवा गर्न चाहिरहेको छु, जनता मसँग सेवा लिन चाहिरहेको छ । जनताको राय अनुसार नै उम्मेदवारी दिएको छु ।’
पर्सा क्षेत्र नं १ को क मा वीरगञ्ज महानगरपालिकाको १० वटा वडा पर्छ । १० वडाका जनताले नै जन्नत अन्सारी विकास प्रेमी हो कि के हो बताउने उनको तर्क छ । ‘लडाई त कस्तो हुन्छ, समयले बताउला, जनताको बलमा खडा भएको छु, चुनाव जित्छु भन्ने विश्वास छ । ’ अन्सारीले भने ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता
मुख्य समाचार

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता

प्रकाशित : २०७९ आश्विन २३,आईतवार
पर्सामा निर्वाचनको सबै तयारी पूरा
मुख्य समाचार

पर्सामा निर्वाचनको सबै तयारी पूरा

प्रकाशित : २०७९ आश्विन २३,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद