राम मण्डल भदौ २३ वीरगञ्ज
पर्सा क्षेत्र नम्बर ४(ख) बाट नेकपा माओबादी केन्द्र पर्साले पार्टीका नेता बिरेन्द्र प्रसाद यादवसहित दुई जनाको नाम उम्मेदवार सिफारिस गरेको छ ।
माओबादी केन्द्रले अगामी मँसिर चार गते हुन गईरहेको निर्बाचनमा प्रदेश साँसदको लागि यादवसहित पाटीृका पर्साका ईन्चार्ज बिजय महतोको नाम सिफारिस गरेको हो ।माओबादी केन्द्र पर्साले बिज्ञप्ति जारी गरि पार्टीका केन्द्रिय सदस्यसमेत रहेको यादव र महतोको नाम उम्मेदवारको रुपमा सिफारिस गरेको जनाएको छ ।
उम्मेदवार सिफारिस भएका महतो पाटीका पर्सा ईन्चार्ज हुन भने यादव केन्द्रिय सदस्य हुन ।लामो समयदेखि मधेसको राजिनिती गर्दै आएका यादव बिभिन्न समयको आन्दोलनमा सहभागी भई मधेसको मुदा उठान गर्दै आएका छन ।
उनले पछिल्लो समय पर्सा क्षेत्र नम्बर चार मा आफनो बलियो उपस्थिती जनाउदै थुप्रै अन्य दलका नेता कार्यकर्ताहरुलाई माओबादी केन्द्रमा प्रबेश गराएका छन ।क्षेत्र नम्बर ४ का नाम चलेका जनता समाजबादी पार्टीका नेता कार्यकर्ताहरु यादवको पक्षमा उभिएर माओबादी केन्द्रमा प्रबेश गरेका हुन ।
क्षेत्र नम्बर चार मा पछिल्लो समय माओबादी केन्द्रमा प्रबेश गर्नेहरुको लहर नै चलेकाले माओबादी केन्द्रले प्रदेश साँसदमा जित्ने सँभावना अन्य दलका उम्मेदवारहरु भन्दा बढी छ ।