वीरगन्ज, ३ जेठ । वीरगन्ज महानगरपालिकामा काङ्ग्रेसको पहिलो खाता खुलेको छ । वडा नं.–२ मा महम्मद रेयाज मियाँ तेलीको प्यानल नै विजयी भएको हो ।
मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्जमा नेपाली काङ्ग्रेस वडा नं.–२ बाट वडा अध्यक्ष पदका उमेदवार मोहम्मद रेयाजले ११२१ मत ल्याएर विजयी हुनु भएको छ । उहाँको निकटमप्रतिद्वन्द्वि जसपाका उम्मेदवारको ८६७ आएको छ । २५४ मतले काङ्ग्रेस बिजय भएको हो ।
त्यसैगरि महिला सदस्य पदमा संगीता थापा भुजेल, दलित महिला सदस्य पदमा रम्भा कुमारी, खुल्ला सदस्य पदमा अब्दुल लतिफ अन्सारी र बसिर मियाँ हजाम सहित प्यानल नै विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस