वीरगंज-नेपालि काङ्ग्रेस छिपहरमाई गाउँपालिका वडा नम्बर दुई सम्भौता र चेर्गहामा पून मतदान हुनु पर्ने माग गरेको छ ।
काङ्ग्रेसबाट छिपहरमाई गाउँपालिकाको अध्यक्षका उमेद्वार रहनुभएको नबिन सिंहले बैशाख ३० गते शुक्रबार भएको स्थानीय निर्वाचनमा विदेश गएका र मरेका व्यक्तिको नाउमा पनि मतदान भएकोले उक्त मत रद्द गरी पून मतदान हुनु पर्ने माग गर्नुभएको छ ।
छिपहरमाई गाउँपालेकाका निबर्तमान अध्यक्ष ,अमोज गुप्तले उक्त मतदान केन्द्रमा गएर धाँधली गरी मत खसाल्न लगाएको सिंहले आरोप लगाउनुभएको छ ।
सिंहले निबर्तमान गाउँपालिका अध्यक्षले आफ्नो कार्यकालमा नियुक्त गरेको कर्मचारीले मत गणनाको क्रममामा बिभिन्न चलखेल गरेर मत सङ्ख्या फेरबदल गरेको बताउनुभयो । उहाले त्यस्ता कर्मचारीलाई तुरुन्त प्रहरीको हिरासतमा राखेरअनुसन्धान हुनुपर्ने बताउनुभयो ।
मत गणनामा खटिएको कर्मचारीले नेकपा एमालेका उम्मेदवार मनोज गुप्ताको मत १५९० को ठाउँमा ‘१६२०’ घोषणा गरेपछि विवाद उत्पन्न भएको र त्यसपछि मत गणना प्रक्रिया रोकीएको छ । काङ्ग्रेसका उमेद्वार एवम युवा नेता सिंहले त्यहा पून मतदान भएन भने ठुलो दुर्घटना हुन् सक्ने बताउनुभयो । उहाले लोकतन्त्रलाई बचाउनको लागी पून मतदान हुनुपर्नेमा जोड दिनुभयो ।