Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पेट्रोलियम र ढुवानी व्यवसायीले जनाए गठबन्धनका साझा उम्मेदवारलाई समर्थन

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ बैशाख २४,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पेट्रोलियम र ढुवानी व्यवसायीले जनाए गठबन्धनका साझा उम्मेदवारलाई समर्थन गरेका छन् । शनिबार वीरगञ्ज पेट्रोलियम डिलर्स एसोसीएसन पर्सा र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी संघ पर्साले पनि गठबन्धनका उम्मेदवारलाई समर्थन गरेका छन् ।
वीरगञ्जको भिस्वा होटेलमा आयोजित स्थानीय चुनाव परिचयात्मक कार्यक्रमका अवसरमा दुवै संघका पदाधिकारी एवम् सदस्यहरुले ५ दलीय गठबन्धनबाट मेयरका उम्मेदवार राजेशमान सिंह र उपमेयरका उम्मेदवार इम्तियाज आलमलाई समर्थन जनाएका हुन् ।
कार्यक्रममा महानगरपालिकाका निवर्तमान मेयर विजय सरावगीले बढाएको करलाई घटाउन पेट्रोलियम र ढुवानी व्यवसायीहरुले आग्रह गरेका थिए । महानगरले प्रत्येक क्षेत्रमा बढाएको करले व्यसायीहरु पिडित रहेको बताउँदै त्यस्ता सम्पूर्ण करहरुको पुनरावलोकन गर्नुपर्ने उनीहरुको भनाई थियो ।
व्यवसायीहरुको गुनासोलाई सम्बोधन गर्दै गठबन्धनबाट मेयरका साझा उम्मेदवार राजेशमान सिंहले वीरगञ्जको मुहार परिवर्तन गर्नका लागि गठबन्धनले जित्नुको विकल्प नरहेको बताए । सुन्दर र समृद्ध एवम् सफा र स्वच्छ वीरगञ्जका लागि पवित्र गठबन्धन भएको हुँदा प्रतिगमनलाई परास्त गर्नुपर्नेमा सिंहको जोड छ ।
उनले यही बैशाख ३० गते हुने निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मतदान गरेर अत्यधिक मतका साथ विजयी बनाउन आग्रहसमेत गरेका छन् । मेयरमा छाता र उपमेयरमा रुख चिन्हमा मतदान गर्न सिंहले आग्रह गरेका हुन् । उनले ढुवानी व्यवसायी एवम् डिलर्स व्यवसायीहरुका समस्याहरुलाई समाधानका लागि विभिन्न किसिमका योजनाहरु ल्याउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
व्यवसायीहरु करको मारमा परेको उल्लेख गर्दै सिंहले करलाई पुनरावलोकन गरेर दर घटाइ दायरा बढाइने बताएका छन् ।
वीरगञ्ज पेट्रोलियम डिलर्स एसोशियशन पर्साका अध्यक्ष विनोद चौरसिया र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी संघ पर्साका अध्यक्ष मनोज दासको संयुक्त सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका उपमेयरका उम्मेदवार इम्तियाज आलम, नेपाली कांग्रेसका नेता श्याम पोखरेल लगायतका नेता एवम् कार्यकर्ताहरुसँगै पेट्रोल व्यवसायी र ढुवानी व्यवसायीहरुको उपस्थिती रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस
Tags: # chunawa

अनलाईन वीरगंज

Related Posts

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे
राष्ट्रिय

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे

प्रकाशित : २०७९ बैशाख २४,शनिबार
गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ
मुख्य समाचार

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ

प्रकाशित : २०७९ बैशाख २४,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद