महानगरमा उप मेयरको स्वतन्त्र उम्मेदवार रम्भा मिश्रको महानगरमा चर्चा हुदैँ । वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा वीरगञ्ज महानगरमा उप मेयरको टिकट पार्टीबाट नपाउदा स्वतन्त्र उम्मेदवार दिएकी मिश्रले घरदैलो अभियानमा चर्चा महानगर भित्र हुदैँ छ । गुलाफ छाप चुनाव चिन्ह लिदै महानगरको विभिन्न वडाहरुमा घरदैलो कार्यक्रमलाई तीव्रता दिनु भएको छ । घर घरमा पुग्नुभएकी मिश्रालाई नगरवासिको माया प्रेम सधै पाएको छ । चुनावी जस्तो सुकै परिस्थती भए पनि नगरवासी महिला,पुरुष,यूवा सबैबाट सहयोग साथ पाउने आशा व्यक्त देखएिको मिश्राले बताइन् ।
आज वीरगञ्ज महानगरको गा्रमिण २४ र २५ वडा लगायत ईनरवा, नगवामा घरदैलो कार्यक्रममा बोल्दै राजनितीमा महिलाहरुलाई जहिले पनि विभेदमा परीएको देखिन्छ । यसपाली पनि अधिकान्स दलहरु प्रमुख र उप प्रमुख पदमा उम्मेदवारीका लागी टिकट समेत नदिनु महानगरको दु्रभाग्य रहेको बताउनु भयो । कुनै महिलालाई समस्या भए समस्या बुझने महिलानै चाहिन्छ । नगरवासिको चाहना अनुसनर आफु उम्मेदवारी दिएको बताउनु भयो ।
विभिन्न ठुला पार्टीहरुको सामना गर्दै विभिन्न चुनौती, वाधा अडचन भए पनि घर घर सबैको माया र आर्शिवादको लागी आएको भन्दै यसपलिको उप मेयरमा गुलाफ छापमा मतदान गर्न आग्रह गर्नु भएको छ ।
© 2024