नेतृ रम्भा मिश्रले वीरगञ्ज महानगरपालिकाको उपमेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले टिकट नदिएपछि असन्तुष्ट बनेकी नेतृ रम्भा मिश्रले वीरगञ्ज महानगरपालिकाको उपमेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन् ।
नेकपा एमालेसँग चुनावी तालमेल गरेको लोसपाले उपमेयरमा पुरुषोत्तम झालाई उम्मेदवार बनाएको छ ।
पार्टीले आफ्नो योग्दानको अवमूल्यन गरेका कारण स्वतन्त्र उम्मेदवारी दर्ता गरेको उनले बताइन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस