Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मानव अधिकारका १० मुद्दामा ध्यानाकर्षण गराउँदै पर्साका सांसदसँग एम्नेस्टीको भेट

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन ३०,शनिबार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज — एम्नेस्टी इन्टरनेसनल नेपालका प्रतिनिधिहरूले पर्सा जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग भेटघाट गर्दै मानव अधिकारसँग सम्बन्धित विभिन्न विषयमा ध्यानाकर्षण गराएका छन्।

सो क्रममा प्रतिनिधिमण्डलले क्षेत्र नम्बर १, ३ र ४ का सांसदहरूलाई भेटेर बधाई दिँदै मानव अधिकारका क्षेत्रमा देखिएका समस्या, गुनासा तथा चासोका विषयहरूबारे जानकारी गराएको थियो। भेटका क्रममा संगठनले मानव अधिकारसँग सम्बन्धित १० वटा प्रमुख मुद्दा समेटिएको परिज्ञापन पत्र पनि सांसदहरूलाई हस्तान्तरण गरेको जनाएको छ।

एम्नेस्टी इन्टरनेसनल नेपालले ती मुद्दाहरूमा राज्य तथा सरोकारवाला निकायहरूले प्रभावकारी रूपमा काम गर्नुपर्ने आवश्यकता औंल्याउँदै सांसदहरूको ध्यानाकर्षण गराएको बताइएको छ।

कार्यक्रममा एम्नेस्टी इन्टरनेसनल नेपालका पर्सा जिल्ला अध्यक्ष रजनीश झाको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी रहेको थियो। सो अवसरमा राजेश जैन बोथरा, सुशील, सुनिल महतो, शम्भु घिमिरे तथा सुरेश पारिकलगायत सदस्यहरूको उपस्थिति रहेको थियो।

एम्नेस्टी इन्टरनेसनल नेपालले मानव अधिकार संरक्षण, नागरिक स्वतन्त्रता, न्यायमा पहुँच तथा उत्तरदायित्व सुनिश्चित गर्न सरकार तथा जनप्रतिनिधिहरूले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याउँदै यस विषयमा गम्भीर ध्यान दिन आग्रह गरेको जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

मोटरसाइकल चोरर भाग्दै गरेका युवक वीरगन्जको यातायात कार्यालयबाट पक्राउ

प्रकाशित : २०८२ फाल्गुन ३०,शनिबार
वीरगञ्ज नाका मानव बेचबिखनको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै
मुख्य समाचार

वीरगन्ज नाकाबाट लागु औषध सेवनकर्ता खोजी अभियान अन्तर्गत एक युवतीसहित ८ जना पक्राउ

प्रकाशित : २०८२ फाल्गुन ३०,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद