Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home कृषि

चन्द्रपुरमा स्वाइन फिभरका कारण बङ्गुर मर्न थाले

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन २९,शुक्रबार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

रौतहट
रौतहटको चन्द्रपुर नगर क्षेत्रमा स्वाइन फिभर रोगका कारण बङ्गुर मर्न थालेका छन्।

चन्द्रपुर नगरपालिका–५ राजपेडा गाउँका किसान हरि गुरोका १४ वटा बङ्गुर एक साताको अन्तरालमा मरेको पशु चिकित्सक डा. सुलभ चौधरीले जानकारी दिए।

किसान गुरोका अनुसार बङ्गुर बिरामी भएपछि पशु चिकित्सकलाई खबर गरेर उपचार गराए पनि बचाउन नसकिएको हो।

डा. चौधरीका अनुसार चन्द्रनिगाहपुर–४ मा शान्ति मगरको एउटा बङ्गुर पनि सोही रोगका कारण मरेको छ। यो रोग विशेषगरी संक्रमित बङ्गुर, त्यसका पाठापाठी, मासु वा संक्रमित पशुको सम्पर्कमा आएका अन्य पशुबाट फैलिने गर्दछ।

रोग नियन्त्रणका लागि चन्द्रपुर नगरपालिकाले सबै वडामा खोप अभियान सञ्चालन गर्ने घोषणा गरेको भए पनि हाल खोप अभाव रहेकाले अभियान सुरु गर्न केही समय लाग्ने डा. चौधरीले बताए।

चन्द्रपुर क्षेत्रमा किसानहरूले करिब छ हजारको हाराहारीमा बङ्गुर पालन गर्दै आएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०८२ फाल्गुन २९,शुक्रबार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८२ फाल्गुन २९,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद