Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

रास्वपाको नगवा घरदैलोमा उर्लियो जनसागर, हरि पन्तको पक्षमा अपार जनसमर्थन

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ २७,मंगलवार
A A
4
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

पर्सा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नगवा क्षेत्रमा आयोजित घरदैलो कार्यक्रममा नगवाबासीको उल्लेखनीय र उत्साहजनक सहभागिता देखिएको छ। आज सम्पन्न घरदैलो अभियानमा स्थानीयवासीहरूले अपार साथ र समर्थन जनाउँदै रास्वपाका पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार हरि पन्तलाई साथ दिएका हुन्।
घरदैलो क्रममा स्थानीयहरूसँग प्रत्यक्ष संवाद गर्दै रास्वपा पर्सा सभापति तथा क्षेत्र नम्बर–१ का उम्मेदवार हरि पन्तले रास्वपाको जित नै समग्र मुलुकको जित भएको उल्लेख गरे। उनले यसपटक नगवाबासीले पुरानो राजनीतिक सोच परित्याग गरी मत परिवर्तन गर्नेमा आफू पूर्ण रूपमा ढुक्क रहेको बताए।

“नगवाबासीको आज देखिएको अभूतपूर्व साथले मेरो जित सुनिश्चित भएको अनुभूति भएको छ,” पन्तले भने, “जनताको यो भरोसा नै मेरो सबैभन्दा ठूलो शक्ति हो।” उनले सुशासन, पारदर्शिता र व्यवहारिक विकासमार्फत क्षेत्रको रूपान्तरण गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए।
घरदैलो कार्यक्रममा रास्वपाका पर्सा उपसभापति तुल्सा पौडेल, सचिव सुदिश प्रजापति, कोषाध्यक्ष दिलिप कुर्मी, महानगर सभापति अमन आलम, सचिव गौतम श्रेष्ठ, सन्दीप कुशवाहा, विशाल सिंह, माइकल सापकोटा लगायत पार्टीका नेता–कार्यकर्ता तथा स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०८२ माघ २७,मंगलवार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८२ माघ २७,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद