Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा–३ मा रुपेश पाण्डेद्वारा छ बुँदे विकास एजेन्डा सार्वजनिक कृषिदेखि नागरिकको आवाजसम्म प्राथमिकतामा

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ १७,शनिबार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा उम्मेदवार रुपेश पाण्डे ले क्षेत्रको समृद्धि र जनसुविधा सुनिश्चित गर्ने लक्ष्यसहित छ वटा मुख्य विकास एजेन्डा सार्वजनिक गर्दै औपचारिक रूपमा चुनावी अभियान सुरु गरेका छन्। कृषि, स्वास्थ्य, शिक्षा, रोजगारी, पूर्वाधार र नागरिकको आवाजलाई राष्ट्रिय तहमा प्रभावकारी रूपमा पुर्‍याउने स्पष्ट योजनासहित उनी चुनावी मैदानमा उत्रिएका हुन्।
उम्मेदवार पाण्डेले सार्वजनिक गरेका एजेन्डा कार्यान्वयन हुन सके पर्सा–३ को दीर्घकालीन विकाससँगै जनताको जीवनस्तरमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गरेका छन्।
कृषि आधुनिकीकरणअन्तर्गत कृषकलाई गुणस्तरीय मलखाद र बिउको सहज उपलब्धता, आधुनिक कृषि प्रविधिको प्रयोगका लागि तालिम तथा प्राविधिक सहयोग प्रदान गरिने उनले बताए। परम्परागत खेती प्रणालीलाई व्यावसायिक उत्पादनमा रूपान्तरण गर्दै नयाँ बाली, तरकारी, फलफूल तथा पशुपालनतर्फ कृषकलाई आकर्षित गरिने उनको योजना छ।
गुणस्तरीय स्वास्थ्य सेवाका लागि सबै गाउँपालिका तथा वडाका स्वास्थ्य संस्था र अस्पताललाई सुविधासम्पन्न बनाइने, पोखरिया जिल्ला अस्पतालको सुदृढीकरण गरिने तथा आधुनिक उपकरणसहित डिजिटल र प्रविधिमैत्री स्वास्थ्य सेवा विकास गरिने पाण्डेले जानकारी दिए।
शिक्षा क्षेत्रमा विद्यालय सरसफाइ, विद्यार्थी–अभिभावक–शिक्षकबीच नियमित अन्तरक्रिया, सीपमूलक शिक्षा, खेलकुद तथा अतिरिक्त क्रियाकलापको प्रवर्द्धन गरिने जनाइएको छ।
साथै हाजिरीजवाफ, वादविवाद र वक्तृत्वकला प्रतियोगितालाई प्राथमिकतामा राख्दै विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिइने उनले बताए।
रोजगारी र उद्यमशीलता विकासका लागि देशका प्रतिष्ठित उद्योगपतिलाई पर्सामा उद्योग स्थापना गर्न सहजीकरण गरिने, स्थानीय स्रोत र सीपको प्रयोगमार्फत रोजगारी सिर्जना गरिने तथा युवालाई लक्षित सीपमूलक तालिम, उद्यमशीलता र स्वरोजगार कार्यक्रम सञ्चालन गरिने योजना रहेको छ।

पूर्वाधार विकासअन्तर्गत सडक, पुल, ढल, सडक बत्ती लगायतका आधारभूत संरचनाको दिगो विकास, ग्रामीण र सहरी क्षेत्रलाई जोड्ने समावेशी पूर्वाधार निर्माण तथा विकास कार्यमा पारदर्शिता, गुणस्तर र समयपालन सुनिश्चित गरिने पाण्डेले बताए।

त्यसैगरी ‘नागरिकको आवाज राष्ट्रिय तहमा’ एजेन्डाअन्तर्गत पर्सा–३ का ९६ हजारभन्दा बढी मतदाता तथा नागरिकका हक–हित र समस्या संसद्, मन्त्रालय तथा नीति निर्माण तहसम्म पुर्‍याइने उनले स्पष्ट पारे। यसका लागि निरन्तर संवाद, सार्वजनिक सुनुवाइ र जवाफदेही प्रणाली लागू गरिने उनको भनाइ छ।

उम्मेदवार रुपेश पाण्डेले प्रस्तुत गरेका यी छ बुँदे विकास एजेन्डाले पर्सा–३ को समग्र विकास, जनसुविधा विस्तार र दीर्घकालीन समृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०८२ माघ १७,शनिबार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८२ माघ १७,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद