Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा–२ मा रास्वपा उम्मेदवार कानुको घरदैलो अभियान तीव्र, टिकुलियामा मतदातासँग प्रत्यक्ष संवाद

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ १४,बुधबार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

प्रणय शाह।
पर्सा क्षेत्र नम्बर २ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशीलकुमार कानुले चुनावी घरदैलो अभियानलाई तीव्र बनाएका छन्। बुधबार उनले पर्सागढी नगरपालिका वडा नम्बर ७ टिकुलियामा घरदैलो कार्यक्रम गर्दै स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गरेका हुन्।
घरदैलोका क्रममा कानुले देशमा व्याप्त परिवर्तनको चाहनालाई पूरा गर्न सक्ने शक्ति रास्वपा नै भएको दाबी गर्दै पर्सा–२ मा आफूलाई विजयी गराउन मतदातासँग आग्रह गरे। युवादेखि ज्येष्ठ नागरिकसम्म सबै वर्ग परिवर्तनको खोजीमा रहेको उल्लेख गर्दै उनले रास्वपालाई सो परिवर्तनको संवाहकका रूपमा प्रस्तुत गरे।
मतदातासँगको संवादमा उनले भने, “पर्सा–२ का जनताले यसपटक परिवर्तन चाहेका छन्। यही जनचाहनालाई सम्मान गर्दै रास्वपाले मलाई उम्मेदवार बनाएको हो। अब पार्टी र मलाई जिताउने जिम्मेवारी जनता जनार्दनकै हातमा छ। तपाईंहरूले सेवा गर्ने अवसर अवश्य दिनुहुनेछ भन्ने विश्वास छ।”
कानुले पर्सा–२ का जनताको आशा र भरोसालाई कहिल्यै टुट्न नदिने प्रतिबद्धता पनि व्यक्त गरे।
टिकुलियामा सम्पन्न घरदैलो कार्यक्रममा रास्वपाका नगर अध्यक्ष चन्दन यादवसहित पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

मोटरसाइकल चोरर भाग्दै गरेका युवक वीरगन्जको यातायात कार्यालयबाट पक्राउ

प्रकाशित : २०८२ माघ १४,बुधबार
वीरगञ्ज नाका मानव बेचबिखनको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै
मुख्य समाचार

वीरगन्ज नाकाबाट लागु औषध सेवनकर्ता खोजी अभियान अन्तर्गत एक युवतीसहित ८ जना पक्राउ

प्रकाशित : २०८२ माघ १४,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद