Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ पुष ७,सोमबार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्जको आदर्शनगरस्थित स्काईलाइन इन्फ्रा लिमिटेडमा नयाँ क्यासिनो सञ्चालन नगर्न अदालतले आदेश दिएको छ। काठमाडौंको रक इन्टरनेसनल प्राइभेट लिमिटेडले स्काईलाइनसँग सम्झौता गरेर क्यासिनो सञ्चालनका लागि तीन करोड रुपैयाँभन्दा धेरै बुझाइसकेको छ।

स्काईलाइनले रक नेपालसँगको सम्झौता रहेकै अवस्थामा त्यहाँ नयाँ क्यासिनो सञ्चालन गर्न दिन लागेपछि विवाद भएको हो । सोही विषयलाई लिएर रक इन्टरनेसनल अदालत गएपछि गत १२ मंसिरमा पर्साका जिल्ला न्यायाधीश उपेन्द्रकेशर खनालको इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको थियो। त्यसको निरन्तरताका लागि ४ पुसमा पेसी तोकिएकोमा विपक्षीको म्याद तामेल नभएपछि १७ पुसका लागि पेसी तोक्न भनिएको छ। स्काईलाइन इन्फ्राले तीन करोड ६ लाख रक इन्टरनेसनलसँग लिइसकेको आधारमा जिल्ला अदालतले आदेश दिएको हो।

स्काईमलले पैसा लिएर सम्झौताविपरीत अरूलाई नयाँ क्यासिनो सञ्चालन गर्न अनुमति दिन लागेपछि निवेदक रक नेपालले मुद्दा दायर गरेपछि अदालतले तत्कालका लागि रोक लगाउन निषेधाज्ञा जारी गरेको अदालतको पत्रमा उल्लेख छ ।

प्रहरीको पत्र प्रशासन कार्यालयबाट गायब
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालन गर्न जिल्ला प्रहरी कार्यालय पर्साले गरेको सिफारिस पत्रसमेत गायब बनाइएको आरोप लागेको छ। जिल्ला प्रशासन कार्यालय पर्सा स्रोतका अनुसार ०८१ माघ ९ मा चलानी नम्बर १३४८२ को प्रहरीले नयाँ क्यासिनो सञ्चालनको सिफारिसमा तत्कालीन प्रहरी निरीक्षक रोशन थापाले हस्ताक्षर गरेका थिए। पाँच महिनाअघि नै प्रहरीको सिफारिस भएकाले सोही पत्रको आधारमा भएको निर्णय विवादित हुने भएकाले पत्रलाई गायब पारिएको आरोप लागेको छ ।

पर्साका तत्कालीन प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भने प्रहरीको पत्र सम्बन्धित फाइलमा नै हुने नयाँ पत्रिकालाई जानकारी दिए । पर्साबाट सरुवा भएर चितवनमा कार्यरत प्रजिअ अर्यालले पत्र गायत्र भएको बारेमा जानकारी नभएको, तर नयाँ क्यासिनो सञ्चालन गर्ने पत्र पर्यटन विभागमा पनि भएको उनको भनाइ छ ।

गत असार ३० गते सरकारले जारी गरेको क्यासिनो नियमावलीबमोजिम अन्तर्राष्ट्रिय सिमानाबाट पाँच किलोमिटरभित्र क्यासिनो सञ्चालनका लागि सुरक्षा योजनासहित जिल्लाको सुरक्षा समितिले सिफारिस गर्नुपर्ने हुन्छ ।

वीरगन्जमा गत वर्ष सञ्चालनमा आएको स्काईलाइन मल भारतीय सिमानाबाट मात्र तीन किलोमिटरको दूरीमा रहेको छ । तीन किलोमिटरको दूरीमा रहेको स्काईलाइन मलमा क्यासिनो सञ्चालनका लागि जिल्ला सुरक्षा समितिको सिफारिस आवश्यकता पर्छ ।

नियमावलीमा पाँच किलोमिटरभित्र क्यासिनो सञ्चालनका लागि जिल्ला सुरक्षा समितिको सिफारिस आवश्यक पर्ने दफा थप गरिए पनि ०८० चैत ३० मा जारी भएको पर्यटन ऐनमा अन्तर्राष्ट्रिय सिमानाभन्दा पाँच किलोमिटरभित्रको दूरीमा नयाँ क्यासिनो सञ्चालनको अनुमति नदिने व्यवस्था छ ।नयाँ पत्रिकामा विरगंजबाट तिवारी यादवको समाचार सभार गरीएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

मोटरसाइकल चोरर भाग्दै गरेका युवक वीरगन्जको यातायात कार्यालयबाट पक्राउ

प्रकाशित : २०८२ पुष ७,सोमबार
वीरगञ्ज नाका मानव बेचबिखनको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै
मुख्य समाचार

वीरगन्ज नाकाबाट लागु औषध सेवनकर्ता खोजी अभियान अन्तर्गत एक युवतीसहित ८ जना पक्राउ

प्रकाशित : २०८२ पुष ७,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद