Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

भारत–पाकिस्तान द्वन्द्वको विषय संसदमा उठ्यो , सीमामा सतर्कता बढाउन ध्यानाकर्षण

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ बैशाख २४,बुधबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा भारत–पाकिस्तान तनावको विषय उठाएका छन् ।

संसद बैठकमा धारणा राख्दै पूर्व परराष्ट्रमन्त्री एनपी साउद, कांग्रेस नेता पूर्व मन्त्री सञ्जय गौतम, लोकतान्त्रिक समाजवादी पार्टीका नेता सर्वेन्द्रनाथ शुक्ल र स्वतन्त्र सांसद अमरेशकुमार सिंहले भारत– पाकिस्तानले तनावले नेपाललाई पार्न सक्ने प्रभावबारे चनाखो रहन नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् ।

पूर्व परराष्ट्रमन्त्री साउदले दुई देशबिचको तनावको विषयमा सरकार गम्भीर हुन आवश्यक रहेको बताए । साउदले छिमेकमा भएको घटना र विकसित परिस्थितिलाई नजरअन्दाज गर्दै पाकिस्तानको उच्चस्तरीय सैनिक प्रतिनिधिमण्डलले नेपाल भ्रमण भएको उनले बताएका हुन् ।

कांग्रेस सांसद गौतमले भारत–पाकिस्तान तनावले पार्ने प्रभावबारे समयमै गम्भीर बन्न सरकारलाई सुझाए । ‘भूराजनीतिक संवेदनशीलता र खुला सिमानाका कारणले गर्दा भारत पाकिस्तानका बिचमा जुन युद्ध सुरु भएको छ यसले हामीलाई पार्ने अल्पकालीन र दीर्घकालीन दुवै किसिमका प्रभावहरूको विषयमा नेपाल सरकार समयमै गम्भीर बनोस्’ सांसद गौतमले भने ।

लोसपा सांसद शुक्लले नेपाल असंलग्न राष्ट्रको रूपमा रहँदै आएकोले आतङ्कवादको सम्बन्धमा नेपालले आफ्नो प्रष्टता के हो खुलाउन आवश्यक रहेको बताए ।

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सरकारले ठूला देशलाई जिस्क्याउने काम गरिरहेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै पाकिस्तानको उच्चस्तरीय सैनिकमण्डल नेपाल भ्रमणको अहिले उपयुक्त बेला नभएको बताए । उनले भने, ‘भारत र पाकिस्तानबीच युद्ध सुरु भएको छ । नेपालसँग खुला सीमा छ । सरकारले ध्यान त्यता केन्द्रित हुनुपर्छ कुनै आतङ्कवादी गतिविधि नहोस् । सरकारलाई अन्तर्राष्ट्रिय सम्बन्धको ज्ञान छैन । किनकि साइकोलोजी पढेको व्यक्ति परराष्ट्र मन्त्री भएको छ । त्यसैले उहाँलाई डिम्लोमेसी र परराष्ट्र नीति भनेको के हो नै थाहा छैन ।’

भारत पाकिस्तान तनावबारे बोल्ने सांसदहरूले पहलगाममा भएको आतङ्कवादी आक्रमणको निन्दासमेत गरेका थिए । २२ अप्रिलमा पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारत र पाकिस्तानबिच तनाव सृजना भइरहेको छ । पहलगाम आक्रमणमा पाकिस्तानको हात रहेको भन्दै भारतले जवाफी हमला सुरु गरे पछि तनाव उत्पन्न भएको छ । हिजो रातिबाट भारतले गरेको आक्रमणमा परेर पाकिस्तानका विभिन्न ठाउँमा २६ जनाको मृत्यु भएको छ भने ४६ बढी घाइते भएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८२ बैशाख २४,बुधबार
रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी
मुख्य समाचार

रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी

प्रकाशित : २०८२ बैशाख २४,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद