Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राजनिती

संघीय सरकारबाट सधैँ उपेक्षित छ मधेश प्रदेश – मुख्यमन्त्री यादव

by अनलाईन वीरगंज
प्रकाशित : २०८० चैत्र २४,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज— मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यावदले देशको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्‍याउने र संघीयता ल्याउनसमेत मधेशको ‍महत्त्वपूर्ण भूमिका रहेको भन्दै संघीय सरकारले त्यसलाई उपेक्षा गर्न नमिल्ने बताएका छन् । मधेशले अधिकारबिनाको संघीयता अपनाउनु परेको भन्दै उनले गुनासो समेत गरे ।

शनिबार कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘वीरगन्जको वाणी’ कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै मुख्यमन्त्री यादवले संविधान लागू गर्ने बेला वीरगन्जवासीले नाकाबन्दीका कारण भइरहेको अप्ठ्यारो र व्यापार घाटा सहेरै भए पनि संघीयता ल्याउन भूमिका खेलेको स्मरण गराए ।

ुवीरगन्जले त केन्द्र सरकारलाई धेरै थोक दिएको छ, केन्द्र सरकारले चाहिँ वीरगन्जलाई के दिएको छ रुु उनको प्रश्न थियो, ुसंघीयता आएको ७ वर्ष भइसक्यो, मधेशका मुख्यमन्त्रीलाई कुन बेला को प्रमुख सचिव आउँछन्, प्रदेशका विकास(निमार्ण योजना कहिले सुरु र सम्पन्न हुन्छन् भन्ने थाहै हुँदैन ।ु

केन्द्रको सत्ता गठबन्धन अकास्मात परिवर्तन हुँदा प्रदेशहरूमा समेत कम्पन आउने र थालिएका काम बीचमै अलपत्र पर्ने परिस्थितिबारे मुख्यमन्त्री यावदले प्रसंग निकाले । आफूले संघीय सरकारको अघिल्लो गठबन्धन छँदा मधेशमा सिँचाइ व्यवस्थापनका लागि करिब १ अर्बको परियोजना अघि सारेर टुंगोमा पुग्नै लागेका बेला केन्द्रमा नयाँ मन्त्रीमण्डल बनेपछि त्यो योजना अलपत्र परेको उनले उदहारण दिए । संघीय सरकारले बजेट बनाउँदा प्रदेशका उद्योगी(व्यापारीसँग पनि सल्लाह गर्न उनको सुझाव थियो ।

ुबजेट बनाउनेबेला ६५ लाख हाराहारी जनशंख्या भएको मधेश प्रदेशलाई १३ अर्ब विनियोजन गरिन्छ र जम्मा १२र१३ लाख जनसंख्या भएको कर्णाली प्रदेशलाई १९ अर्ब छुट्याइन्छ,ु उनले भने, ुमधेशको एउटै महानगर वीरगन्जलाई बजेट छैन । नेपाल सरकारको आधाभन्दा बढी खर्च धान्ने मधेशको यस महानगरका उद्योगी व्यापारीलाई केन्द्र सरकारले सुविधा दिएको मलाई जानकारी छैन ।ु उनले जनसंख्याको आधारमा बजेट विनियोजन गर्न केन्द्र सरकारलाई अनुरोध गरेका छन् ।

निजगड(काठमाडौं फास्ट ट्रयाक र निजगडमा अन्तर्राष्ट्रिय विमानस्थलबारे प्रश्न उठाउँदै उनले देशलाई उल्लेख्य फाइदा हुने यी परियोजना मधेश प्रदेशमा परेका हुनाले यिनको निर्माण कार्य सुरु र समापन हुने कुनै निश्चित नहुनु दुस्ख भएको अभिव्यक्ती दिए । ुमधेश प्रदेश र वीरगन्ज बासीलाई सुरुदेखि विभेद भइरहेकोमा अब यो काम नहोस्,ु उनले भने, ुमधेश विकसित नभए नेपाल पनि विकसित हुँदैन । त्यस्तै, जबसम्म निजामती कर्मचारी र प्रहरी प्रदेश मातहत आउँदैनन्, तबसम्म संघीयता कार्यान्वयन हुँदैन ।ु’साभार – इकान्तिपुरबाट

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !
मुख्य समाचार

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !

प्रकाशित : २०८० चैत्र २४,शनिबार
वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न
मुख्य समाचार

वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न

प्रकाशित : २०८० चैत्र २४,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद