१२ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले नेपाललाई नेपालीहरूले नै रक्षा गर्नुपर्ने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित सूचना हस्तान्तरण र लोकतन्त्र विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपाल अहिले भूराजनीतिको जटिल अवस्थामा रहेकाले यस्तो अवस्थामा नेपालीहरूको भूमिका मुख्य रहने बताए । भने, ‘नेपालीहरूलाई राजनीतिक दलहरूले बाटो देखाउनुपर्ने दिन आएको छ । दलहरूले बाटो देखाउन नसके दलहरू सकिने दिन पनि आउन सक्छ ।’
नेपाली जनतालाई ठिक ढंगले बाटो देखाउने हो भने धर्तीको कुनै तागतले नेपालीलाई हानी गर्न नसक्ने उनको दाबी थियो ।सभार अनलाइन खबर
आफ्नो प्रतिक्रिया दिनुहोस



