वीरगञ्ज । प्रचण्ड गर्मी र तापक्रमका कारण पर्सा लगायत मधेश प्रदेश जलिरहेको भन्दै सांसद प्रभु हजराले चिन्ता व्यक्त गरेका छन । संसद भवनमा आज शून्य समयमा बोल्दै सांसद हजराले सो चिन्ता व्यक्त गरेका हुन ।
नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका सांसद हजराले बढदो तापक्रम कारण तराई मधेशका चपाकलहरु सुकेर पानीको हाहाकार भएको भन्देै तत्काल पानीको व्यवस्था गर्न अनुरोध गरे ।
उनले यस्तो बिपदीको बेला सरकार मुखदर्शक बनेकोमा दुखेसो समेत पोखे । उनले गर्मीका कारण पर्सा जिल्लाको सात वटा पालिकाहरु सिचाई बिहिन भएको भन्दै तत्काल सो पालिकाहरुमा सिचाईको व्यवस्था गर्न अनुरोध गरे ।
उनले सरकारले तत्काल बजेट बिनयोजित गरि पानीको समस्या समाधान गर्न आग्रह गरे।
आफ्नो प्रतिक्रिया दिनुहोस