Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मनोरन्जन

भोजपुरी सर्ट मुभि एसिड अटैकको बिमोचन

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ भाद्र ३१,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज वडा नम्बर २० का वडा अध्यक्ष रामकिसोर सिंह (पराग)ले आज भोजपुरी सर्ट मुभि एसिड अटैकको बिमोचन गर्नुभएको छ । बाबा बी फिल्मस वीरगंजको व्यानगरमा निर्माण गरिएको सो मुभिको वडा अध्यक्ष सिंहले बिमोचन गर्नुभएको हो ।
अनमोल पार्टी प्यालेश वीरगंजमा आयोजित बिमोचन तथा सम्मान कार्यक्रममा  मुभिमा काम गरेका कलाकार,प्राबिधिक ,तथा पत्रकारहरुलाई सम्मानित गरिएको थियो ।

बाबा बी फिल्मसका अध्यक्ष ज्ञानेन्द्र सिंहको अध्यक्षतामा सम्पन्न बिमोचन कार्यक्रममा लोसपाका नगर अध्यक्ष ओमप्रकास सर्राफ,नेताहरु सुरेन्द्र कुर्मी, समाजसेवी प्रकाश थारु,पत्रकार जगत राई, बिवेक यादव,कलकार मुखलाल साह लगायतकाले धारणा राखेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी सिंहले समाजमा जनचेतनामुलक चलचित्र बन्नु पर्ने धारणा राख्दै त्यस्ता चलचित्रको बिकाश र सम्वद्र्धनको लागि सरकारले बिशेष प्याकेज ल्याउनुपर्ने बताउनुभयो ।

उहाँले भोजपुरी भाषामा निर्मित जनचेतनामुलक सर्ट मुभिहरुले गाँउ समाजमा बिद्यमान विकृति बिसंगतीहरुलाई नियन्त्रण गर्न सहज हुने बिश्वास व्यक्त गर्नुभयो । सिंहले एसिड अटैक पनि जनचेतना मुलक सट मुभि रहेको र यसले ईच्छा बिपरित माया प्रेम गाँस्न सकिन्न भन्ने संदेश दिएको बताए ।  

उहाँले कलकार देशका गहना भएकाले कलकारको बिकाश गर्न आफु सदैव तयार रहेको र समाजलाई सजग गराउने समाजिक चलचित्र निर्माणमा आफु सक्ने सहयोग  गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।  सो अवसरमा कलकारहरुले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

बिमोचन कार्यक्रममा निर्देशक कृष्णा पंडित,कालकार रौनक प्रबिन,सोम्या पोखरेल, मुना मुस्कान ,रामजी यादव,सुरेन्द्र यादव, पशुराम कुशवाहा,  मेकअप आर्टिस्ट नेहा साह,  महम्द जाकिर हुसेन, बिरबल पासवान लगायत कलाकारहरुको उपस्थिती रहेको थियो । बाबा फिल्मस प्रोडक्सनले यस अघि जुल्मी दहेज, बिटिया रानी, दोस्तीका फर्ज लगायतको सर्ट मुभि निर्माण गरिसकेको लेखक कृष्ण हमराहीले जानकारी दिए । कार्यक्रमको सहजीकरण लेखक कृष्ण हमराहीले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नगरप्रमुखको सक्रिय पहलले ल्यायो आशा – वीरगञ्जमा विद्युत् समस्या समाधानको बाटो खुल्दै
मुख्य समाचार

नगरप्रमुखको सक्रिय पहलले ल्यायो आशा – वीरगञ्जमा विद्युत् समस्या समाधानको बाटो खुल्दै

प्रकाशित : २०७९ भाद्र ३१,शुक्रबार
हेटौँडाका वरिष्ठ व्यवसायी विन्दल दासमाथि आक्रमण, समुदाय स्तब्ध
मुख्य समाचार

हेटौँडाका वरिष्ठ व्यवसायी विन्दल दासमाथि आक्रमण, समुदाय स्तब्ध

प्रकाशित : २०७९ भाद्र ३१,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद