Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मनोरन्जन

नेपाली चलचित्रको प्रवद्र्वनमा सघाउन आग्रह –भुवन केसी

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन १६,मंगलवार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

युरोप भ्रमणमा रहेका अभिनेता एवं चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी यतिबेला माल्टा पुगेका छन् । स्वीट्जरल्याण्ड हुँदै माल्टा पुगेका उनले त्यहाँस्थित ब्लु हर्स इन्टरटेन्मेन्टको उद्घाटन समेत गरे । एमसिदा जिराको ब्ल्याक पर्ल रेष्टुराँमा आयोजित समारोहमा अध्यक्ष केसीले माल्टाबासी नेपालीहरु माँझ नेपाली चलचित्र र कला संस्कृतिको प्रवद्र्वनमा सघाउन समेत आग्रह गरे । नेपालीपनको आभास दिलाउन सक्ने कार्यक्रम आयोजना गर्न सके बोर्डबाट हुनसक्ने सम्पूर्ण सहयोग गर्न तयार रहेको उनले बताए । लोकगायिका सुनिता दुलाल समेत सहभागी कार्यक्रममा उनको सांगीतिक प्रस्तुतिले माहौंल तताएको थियो । उनले आफ्ना चर्चित गीतहरु सुनाएर मनोरंजन प्रदान गरिन । नायिका जिया केसीसँगै त्यहाँ पुगेका अभिनेता केसीले समेत कार्यक्रममा गीत गाए ।

युरोपका विभिन्न मुलुकमा नेपाली कला संस्कृति, एवं भेषभुषाको प्रवद्र्धन सँगै व्यवसायिक ढंगले विभिन्न मनोरंजनात्मक गतिविधि आयोजना गर्ने उद्देश्यले उक्त संस्था खोलिएको यसका परिकल्पनाकार तथा संरक्षक जिके शर्माले बताए । यसका निम्ति नेपालस्थित राइज मिडिया नेटवर्कसँग सहकार्यका निम्ति समझदारी भएको समेत उनले जानकारी गराए । राइज मिडिया अडियो भिडियो निर्माण तथा इभेन्ट म्यानेजमेन्ट सँगै संचार क्षेत्रमा आबद्ध संस्था हो । माल्टा लगायत युरोपमा रहेका नेपालीहरुलाई एकताबद्ध गरी नेपालको मौलिकतालाई युरोपमा प्रवद्र्वन गर्न ब्लु हर्स इन्टरटेन्मेन्ट निरन्तर सक्रिय रहने समेत शर्माको भनाई थियो । यस संस्थाको संरक्षक उदयबाबु श्रेष्ठ रहेका छन ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाका अध्यक्ष रेमलाल खनाल ९रेम्स० तथा संस्थापक अध्यक्ष तेज बहादुर लिम्बु द्वयले नेपाली कला संस्कृतिको प्रवद्र्धनका लागि नयाँ खुलेको संस्थालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । एनआरएन माल्टाका सल्लाहकार हरि बिसिले समग्र टिमलाई शुभकामना व्यक्त गर्दै ब्लु हर्ष ईन्टरटेन्टमेन्टले युरोपमा रहेका नयाँ प्रतिभाहरुलाई आफ्ना प्रतिभा प्रस्फुटन गर्न महत्वपूर्ण अवसर प्रदान गर्न सक्ने विचार राखे ।

माल्टाबासी नेपाली, विभिन्न संघ संस्था प्रतिनिधि एवं व्यवसायीहरुको उपस्थिति रहेको कार्यक्रम ब्लु हर्स इन्टरटेन्मेन्ट संयोजक डम्बर राणाको संयोजकत्वमा भएको थियो । कार्यक्रमको संचालन असिम लोप्चनले गरेका थिए । माल्टा पछिल्लोसमय नेपालीहरुका लागि रोजगारीको आकर्षक गन्तव्य बनेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०८० आश्विन १६,मंगलवार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८० आश्विन १६,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद