Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home बिचार ब्लग

युवा, महिला र सीमान्तकृत वर्ग लक्षित १२ महिने फेलोसिप कार्यक्रम सकियो, के–के भयो उपलब्धी ?

by अनलाईन वीरगंज
प्रकाशित : २०८० फाल्गुन १४,सोमबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

युवा महिला र सीमान्तकृत वर्गका युवाहरुलाई लक्षित गरी मधेश प्रदेशमा सञ्चालित ७ महिने फेलोसिप कार्यक्रम सकिएको छ ।
यूएसएआईडी, द एशिया फाउण्डेशनको सहयोगमा हाम्रो अभियान पर्साले मधेश प्रदेशका तीन जिल्लामा सञ्चालन गरेको १२ महिने फेलोसिप कार्यक्रम सकिएको जानकारी दिइएको छ । पर्सा, बारा र रौतहटका पत्रकारहरु फेलोसिप कार्यक्रममा सहभागी रहेको आयोजक संस्थाले जनाएको छ ।
हाम्रो अभियान पर्साले आज बीरगन्जमा एक कार्यक्रम गर्दै १२ महिने फेलोसिप कार्यक्रमको सञ्चालनको उद्देश्य र प्राप्त उपलब्धीबारे जानकारी दिँदै कार्यक्रम सकिएको जनाएको छ ।
हाम्रो अभियान पर्साका प्रमुख शिवनाथ यादवले महिला, युवा तथा सीमान्तकृत समुदायका व्यक्तिहरुको क्षमता अभिवृद्धि गराइ सञ्चार क्षेत्रमा सहभागिता बढाउनु उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जनाए ।
उनले भने,‘यो उद्देश्य अनुरुप कार्यक्रमले उपलब्धी पनि प्राप्त गरेको छ, किनकी यही १२ महिनाको अवधिमा १० जना दक्ष पत्रकार उत्पादन भएका छन् । जसले ४४ वटा खोजमुलक स्टोरीसमेत तयार गरेका छन्, जुन सामग्रीले जनताको समस्या उठान गरेको छ, सम्बोधन पनि भएको छ ।’ उनका अनुसार हाम्रो अभिानमार्फत उठाइएका जनताका मुद्दाहरुको त्यस क्षेत्रका पालिकाबाट समाधान पनि भएको पाइएको छ । जुन हाम्रो लागि उपलब्धिमूलक रहयो,’उनले भने ।
फेलोसिप कार्यक्रममा नयाँ पुस्ताका पत्रकारहरुलाई प्राथमिकता दिइएको जनाउँदै उनले भने,‘सबैलाई हामीलाई तालिम दिइयौं, त्यहाँ कसरी खोजमूलक समाचार लेख्ने त्यो सिकायौं । अनि उहाँहरुबाट ल्याइएका सामग्रीहरु विभिन्न मिडियामार्फत प्रकाशन पनि ग¥यौं, जसकारण हामीलाई आफ्नो उद्देश्यमा सफलता मिलेको हो ।’
१२ महिने फेलोसिप कार्यक्रममा सहभागी पत्रकारहरुमध्येका एक सहभागिले आफू धेरै विषयबारे जानकार भएको साइस्ता खातुन बताउँछिन् ।
उनी सुनाउँछिन््,‘समाचारको त कुरौ नगरौं, म मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्छु, जहाँ धेरै कुरामा धार्मिक प्रतिबन्ध छ, जसका कारण बाहिरका धेरै सवालमा हामी जानकार हुँदैनौं । पत्रकारिता त झन जटिल विषय हो त्यो जान्ने कुरै भएन तर यो कार्यक्रम पश्चात आफू दक्ष महिला पत्रकारको रुपमा खडा भएको महशुश भइरहेको छ ।’
फेलोसिप कार्यक्रम समापन भएको अवसरमा १२ महिनामा गरिएका खोजमूलक सामग्रीहरु राखी हाम्रो अभियान पर्साले समाचार संगालो नामक पुस्तक पनि विमोचन गरेको छ । विमोचित पुस्तकमा फेलोज पत्रकारुहले लेखेका समाचार राखिएको आयोजक संस्थाले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेश सरकारका उद्योग राज्य मन्त्री रहबर अन्सारीले पत्रकारिता ऐना जस्तो नभइ पानी जस्तो हुनुपर्ने तर्क सुनाए ।
उनले भने,‘पत्रकारिता पानी जस्तो हुनुपर्छ, किनभने भने पानीमा कुनै रंग, गन्द, वा कुनै मिसावट हुँदैन, त्यसकारण सबैलाई पाच्य हुन्छ । पत्रकारिता पनि पानी जस्तै सबैलाई चाहिने सामग्रीको रुपमा आवश्यक भएकोले पानी जस्तै हुनुपर्छ ।’
उनका अनुसार पानीमा रंग वा गन्ध आयो भने सबैले खादैन्न्, पत्रकारिताको हकमा पनि त्यही लागू हुन्छ ।
उनी भन्छन्,‘पत्रकारिता जीवित राख्नका लागि अबको पत्रकारिता पानी जस्तै हुनैपर्छ, यसले लोकतन्त्र पनि जीवित रहन्छ । यहाँबाट उत्पादित पत्रकारले त्यो काम गर्नुहुनेछ, आशा छ ।’
फेलोसिप समापन कार्यक्रममा सखुवाप्रसौनी गाउँपालिका प्रमुख जसवन्त यादव, युएसआईडीका निर्देशक मारिया, सुमित्रा मानन्धर, विश्वास राणा, एसिया फाउण्डेशनका कार्यक्रम निर्देशक अजय दासले कार्यकम उद्देश्य प्राप्त गरेको गरेकोमा हाम्रो अभियानलाई धन्यवाद दिनु भयो । पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने, पर्सा शाखाका अध्यक्ष अनुप तिवारीसहितकाले आफ्नो धारणा राखेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
मुख्य समाचार

पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

प्रकाशित : २०८० फाल्गुन १४,सोमबार
वीरगञ्जमा निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण कार्यक्रम सम्पन्न
राष्ट्रिय

वीरगञ्जमा निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण कार्यक्रम सम्पन्न

प्रकाशित : २०८० फाल्गुन १४,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद