Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home पत्रपत्रिका

गोतामे पत्रकारिता स्वर्ण पदकबाट पत्रकार मनिका झा पुरस्कृत

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन ३,बुधबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज, ०२ फागुन । पत्रकार गोपालचन्द्र गौत्तम प्रतिष्ठान वीरगंजले गोतामे पत्रकारिता स्वणर्पदक वितरण समारोहको आयोजना गरि म·लवार पत्रकार मनिका झालाई पुरस्कृत गरेको छ ।

वीरगंज महानगर-१५ स्थित ज्येष्ठ नागरिक पार्कको सभाहलमा वीरगंज महानगरका प्रमुख राजेशमान सिंहले पत्रकार झालाई एकतोलाको स्वणर्पदक प्रदान गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले प्रमाणपत्र, स्वर्गिय गोपालचन्द्र गौत्तमकी पत्नि शोभा गौत्तमले टिका, माला लगाइन भने प्रतिष्ठानका अध्यक्ष जगदीशप्रसाद शर्माले पत्रकार झालाई शल पहिर्‍याउनु भएको थियो ।

सो अवसरमा नगरप्रमुख सिंहले पत्रकार गोपालचन्द्र गौत्तम वीरगंजको धरोहर भएको बताए । उनले पत्रकार गौत्तमको नाममा प्रतिष्ठानले पुरस्कारको आयोजना गर्दै आएकोमा प्रशंसा गर्दै उनको नाममा सडक र शालिक बनाउन सुझाए । नगरप्रमुख सिंहले प्रतिष्ठानका लागि दशलाख सहयोग गर्ने घोषणा पनि गरे । उनले वीरगंजको नाम देशभर फैलाउने सबैको नाममा वीरगंजमा म्युजियम बनाउने र उनिहरुको कृति नया“ पुस्तालाई सुनाउने वातावरणको निर्माण गर्न महानगरले साथ र सहयोग गर्ने बताए । नगरप्रमुख सिंहले सत्य समाचार प्रकाशन गर्न पत्रकारहरुलाई सुझाए ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले स्व. पत्रकार गौत्तमको नाममा मोफसलमा रहेर विशिष्ठ पत्रकारिता गर्ने व्यक्तित्वलाई पुरस्कृत गर्दै आएकोमा प्रतिष्ठानको प्रशंसा गरे ।

वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोध गुप्ताले आर्थिक नगरीको रुपमा चिनिएको वीरगंजमा सङ्घले यहा“को पहिचान देशभर बनाउने व्यक्तित्वहरुको बारेमा केही गर्ने सोच बनाएको बताए ।

नेपाल पत्रकार महासङ्घका पुर्व उपाध्यक्ष महेश दासले वीरगंज कार्यक्षेत्र बनाएर पत्रकार गोतामेले पत्रकारिताको माध्यमबाट वीरगंजलाई देशभर चिनाउने कार्य गरेको बताए । प्रतिकुल समयमा पत्रकार गोतामेले कलम चलाएकोलाई चानचुने मान्न नसकिने बताए । उनले पत्रकार गोतामेले देखाएको साहसलाई वीरगंजका पत्रकारहरुले अ·िकार गरेर सोही अनुरुपको पत्रकारिता गर्नुपर्ने बताए । नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष अनुप तिवारीले पत्रकार गोपालचन्द्र गौत्तमको नाममा प्रतिष्ठानले निरन्तर एघारवर्षदेखी मोफसलमा रहेर सङ्घर्षपुणर् पत्रकारिता गर्दै आएकाहरुलाई खोजी गरि पुरस्कृत गर्दै आएकोमा प्रतिष्ठानको प्रशंसा गरे ।

पुरस्कृत व्यक्तित्व पत्रकार मनिका झाले पत्रकार गोपालचन्द्र गौत्तमको नामबाट स्थापित पुरस्कार प्राप्त गरेर आफुमा थप उर्जा आएको बताइन । उनले पत्रकारिता पेशा अ·ाल्दा घरपरिवारका आमा, बुबाले पनि नरुचाएको तर पछिल्लो समयमा आफुले गरेको पत्रकारिताबाट आमा बुबा पुणर् रुपमा सन्तुष्ट रहेको बताइन । उनले पत्रकारिताका लागि पतिले दिदै आएको साथ र सहयोग पनि सम्झिन । पत्रकारिता पेशा नै चुनौतीको विषय भएको र महिलाहरुलाई पुरुषको तुलना अझ बढी चुनौती रहेको उनले बताइन ।

कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष चन्द्रकिशोर झाले स्वागत गर्दै पत्रकार गोतामेको सङ्घर्षपुण जीवनगाथाका बारेमा सहभागिहरुलाई अवगत गराएका थिए ।

प्रतिष्ठानका अध्यक्ष जगदीशप्रसाद शर्मालको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण प्रतिष्ठानका सदस्य प्रताप श्रेष्ठले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०७९ फाल्गुन ३,बुधबार
खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते
मुख्य समाचार

खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते

प्रकाशित : २०७९ फाल्गुन ३,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद