Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home पत्रपत्रिका

पत्रकार महासंघ मधेश प्रदेशको तेस्रो साधारण सभा सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष ३,आईतवार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज,०३ पुस । नेपाल पत्रकार महासंघ मधेश प्रदेशको तेस्रो साधारण सभा वीरगंजमा सम्पन्न भएको छ । प्रदेशका अध्यक्ष राजेश कर्णको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

महासचिव श्याम बन्जारा ले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष विश्वनाथ ठाकुरले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसहमतिले पारित गर्दै साधारण सभा सम्पन्न भएको अध्यक्ष कर्णले जानकारी दिए । साधारण सभाले पत्रकारको हकहितको लागि सशक्त भएर अघि बढ्ने निर्णय गर्दै पत्रकारको भरभोषणको लागि अक्षय कोषको स्थापना, पत्रकारको भौतिक सुरक्षाकोलागि जिवन बिमा तथा क्षमता अभिवृद्धिको लागि तालिममा बिशेष जोड दिने निर्णय गरेको छ ।

यस्तै रेडियो ,पत्रपत्रिका ,टिभि तथा अनलाईनको वृद्धि बिकाशको लागि प्रदेश सरकार संग बिशेष पहल गर्ने समेत निर्णय भएको महासचिव श्याम बन्जाराले जानकारी दिए । यसअघि सधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री लालबाबु राउत गद्दीले पत्रकार सुरक्षाको लागि पर्सा जिल्लाबाट बिमा योजना शुरु गर्ने जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका गद्दीले प्रदेशका ८ वटै जिल्लाका करिव एक हजार पत्रकारको जिवन बिमा गर्ने लक्ष्य रहेको जानकारी दिए ।

उद्घाटन समारोहमा पर्सा क्षेत्र नम्बर ३ का सांसद राजकुमार गुप्ता, प्रदेश सभा सदस्य श्याम पटेल,नेपाल पत्रकार महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष रमेश बिष्ट, सचिव दिपेन्द्र चौहान, केन्द्रिय सदस्य केसी लामिछाने, शिवहरी पुरी,रिंकु मिश्रा,प्रेस काउन्सिल नेपालका सदस्य लालबाबु शेख,वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ता लगायतकाले धारण राखेका थिए । होटल कुमु प्यालेशमा आयोजित कार्यक्रमको सहजीकरण महासचिव श्याम बन्जाराले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०७९ पुष ३,आईतवार
खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते
मुख्य समाचार

खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते

प्रकाशित : २०७९ पुष ३,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद