Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

प्रथम गढीमाई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा मधेस प्रदेश प्रथम

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ ६,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बारा ।  बाराको निजगढमा आयोजित प्रथम गढीमाई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा मधेस प्रदेश प्रथम भएको छ ।

मधेस प्रदेशको पर्यटन र तेक्वान्दो खेलको विकासमा टेवा पुराउने उद्देश्यले जेठ ४ देखि सुरु भई शनिबार सकिएको प्रतियोगितामा ६ स्वर्ण, ३ रजत र ५ काश्य पदक सहित मधेस प्रदेश प्रथम भएको हो ।

मधेस प्रदेशका लागि स्वर्ण पदक जित्नेहरुमा पुरुषतर्फ ४० केजी तौल समुहमा नदिम हुसेन, ४३ केजीमा सिद्धार्थ प्रजापति, ५४ किलोमा अफताब आलम, ६३ किलोमा प्रदिप तिवारी र निश्चज धामी तथा महिला तर्फ ४९ किलोमा मनिषा वाईबा रहेका छन् ।

प्रतियोगितामा ४ स्वर्ण, ३ रजत र २ काश्य पदक सहित कोशी प्रदेश दोश्रो भएको छ । कोशी प्रदेशका लागि स्वर्ण पदक जित्नेहरुमा पुरुष तर्फ ५१ किलोमा शिव खड्का, महिलातर्फ ५७ किलोमा प्रज्ञा परियार, ६३ किलोमा अन्जीला खड्का र खुशी गौतम रहेका छन् ।

प्रतियोगितामा लुम्बिनी प्रदेश ३ स्वर्ण, २ रजत र २ काश्य पदक सहित तेश्रो भएको छ ।लुम्बिनिका लागि पुरुषतर्फ ४८ केजीमा जस्मीन चौधरी, ५८ केजीमा नवराज बस्नेत र महिला ४६ केजीमा रुपा बुढाथोकीले स्वर्ण पदक जितेका हुन् ।यस्तै प्रतियोगितामा बंगलादेशले दुई स्वर्ण र दुई रजत पदक जितेर चौथो स्थान हासिल गरेको छ ।

नेपाल तेक्वान्दो संघ मधेस प्रदेशले आयोजना गरेको तीन दिने प्रतियोगितामा नेपालका ७ वटै प्रदेश सहित भारत र बंगलादेशका खेलाडीहरुले भाग लिएका थिए ।

प्रतियोगिताको मुख्य निर्णायकमा राष्ट्रिय खेलकुद परिषद (राखेप)का तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक टार्जन सुब्बा तथा निर्णायकहरुमा अन्र्तराष्ट्रिय निर्णायक रबिन्द्र मल्ल, नारायण बुढाथोकी, कुमार लामा घिसिङ, बब्लु शिवाकोटी, नविना बुढाथोकी मगर लगायत थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न।
मुख्य समाचार

श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न।

प्रकाशित : २०८० जेष्ठ ६,शनिबार
नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
मुख्य समाचार

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०८० जेष्ठ ६,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद