Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

राजस्थानका जस बटलरलाई आईपीएलले गर्‍यो जरिवाना

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख २९,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राजस्थान रोयल्सका विकेटकिपर ब्याट्सम्यान जोस बटलरलाई खेल शुल्कको १० प्रतिशत जरिवाना गरिएको छ।

बटलरले आईपीएल आचारसंहिता धारा २.२ अन्तर्गतको नियम उल्लंघन गरेको आरोप लगाइएको हो।

आईपीएलअन्तर्गत बिहीबार राति इडेन गार्डेन स्टेडियममा भएको खेलमा भएको ५६ औं खेलमा कोलकाता नाइट राइडर्सलाई राजस्थानले ९ विकेटले पराजित गरेको थियो। उक्त खेलमा ३ बलको सामना गरेका उनी शून्य रनमै आउट भएका थिए।

उक्त खेलमा कोलकाताले दिएको लक्ष्य पछ्याउन राजस्थानाको टोली मैदानमा उत्रिएको थियो। रन बटुल्ने क्रममा बटलर रन आउट भएका थिए। आन्द्रे रसेलले उनलाई रन आउट गरेका थिए।

आउट भएपछि बटलर मैदानबाट बाहिर निस्कँदै गर्दा उनले आक्रोशित हुँदै आफ्नो ब्याटले बाउन्ड्रीमा रहेको डोरीलाई हिर्काएका थिए। जसका कारण उनलाई आईपीएलले जरिवाना गरेको हो।

बटलरलाई आईपीएलको गभर्निङ काउन्सिलले नियम उल्लंघन गरेको आरोपमा दोषी ठहर गरेको हो।

आईपीएलले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, ‘बटलरले आईपीएल आचारसंहिताको अनुच्छेद २.२ अन्तर्गत नियमहरू उल्लङ्घन गरे।’

आईपीएलको नियमअनुसार यसखाले गतिविधि गरे खेलाडीलाई दोषी ठहर्याइने गरिन्छ।

बटलरले यो सिजन १२ खेलमा ३९२ रन बनाएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सुनचाँदी व्यवसायीहरुको चेतावनी – माग पूरा नगरे  आन्दोलन हुन्छ
मुख्य समाचार

सुनचाँदी व्यवसायीहरुको चेतावनी – माग पूरा नगरे आन्दोलन हुन्छ

प्रकाशित : २०८० बैशाख २९,शुक्रबार
एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास
मुख्य समाचार

एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

प्रकाशित : २०८० बैशाख २९,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद