Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

आइपीएलमा आज हैदराबाद र कोलकाता भिड्दै

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख २१,बिहीबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

खेलकुद । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लिग चरणको ४७ औं खेलमा सनराइजर्स हैदरावाद र कोलकाता नाइट राइडर्स बीच हुँदैछ । खेल हैदरावादको राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा साँझ ७ः४५ बजे सुरु हुनेछ । हैदरावाद र कोलकाता यो सिजन दोस्रो पटक भिड्दैछन् ।

यसअघि दुवै सिजनको १९औं खेलमा आमनेसामने भएका थिए जसमा हैदरावाद २३ रनले विजयी भएको थियो । उक्त खेलमा ह्यारी ब्रुकले सिजनको पहिलो शतक प्रहार गरेका थिए ।

हैदरावादले यो सिजन अहिलेसम्म खेलेका ८ खेलमा ३ जित र ५ हार बेहोरेको छ । टोलीको जम्मा ६ अंक छ । पछिल्लो खेलमा हैदरावादले दिल्लीलाई ९ रनले पराजित गरेको थियो । टोली हाल अंक तालिकाको नवौं स्थानमा छ ।

कोलकाताविरुद्धको टोलीका ४ विदेशी खेलाडी ह्यारी ब्रुक, एडेन मार्कराम, हेनरिक क्लासेन र अकिल हुसेन हुन सक्छन् । यी बाहेक मयंक मार्कण्डे, राहुल त्रिपाठी र मयंक अग्रवाल जस्ता खेलाडीले टोलीलाई बलियो बनाउँदैछन् ।

कोलकाताले यो सिजन अहिलेसम्म ९ खेल खेलेको छ । जसमा उसले तीन जित र छ खेलमा हार बेहोरेको थियो । केकेआरको अहिले ६ अंक छ । कोलकाता आफ्नो पछिल्लो खेलमा गुजरातसँग पराजित भएको थियो ।

हैदरावादविरुद्धको टोलीका ४ विदेशी खेलाडी रहमानुल्लाह गुरबाज, आन्द्रे रसेल, सुनिल नरिन र डेभिड भिजे हुन सक्छन् । यी बाहेक रिंकु सिंह, वेंकटेश अय्यर र वरुण चक्रवर्ती जस्ता खेलाडीले टोलीलाई बलियो बनाइरहेका छन् ।

हेड टु हेड

कोलकाता नाइट राइडर्सले दुई पटक र सनराइजर्स हैदरावादले एक पटक उपाधि जितेको छ । दुवै टोली २४ पटक आमनेसामने भएका छन् । जसमा कोलकाताले १५ पटक र हैदरावादले ९ पटक जितेको छ ।

राजीव गान्धी क्रिकेट स्टेडियमको पिच सुस्त छ। यस मैदानमा स्पिनरहरूले महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्। तर, बीचमा केही समय बिताएपछि ब्याट्सम्यानलाई पिचमा रन बनाउन सजिलो हुन्छ ।

दुवै टोलीका सम्भावित प्लेइङ ११

सनराइजर्स हैदरावादः इडेन मार्कराम (कप्तान), ह्यारी ब्रुक, मयंक अग्रवाल, राहुल त्रिपाठी, हेनरिक क्लासेन (विकेटकिपर), अभिषेक शर्मा, अब्दुल समद, अकिल होसेन, भुवनेश्वर कुमार, मयंक मार्कण्डे र उमरान मलिक।

कोलकाता नाइट राइडर्सः नितिश राना (कप्तान), नारायण जगदीशन, रहमानुल्लाह गुरबाज, भेंकटेश अय्यर, आन्द्रे रसेल, सुनील नारायण, रिंकु सिंह, डेभिड भिजे, शार्दुल ठाकुर, हर्षित राना र वरुण चक्रवर्ती।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेजद्वारा स्पोर्ट्स वीक २०८२ उद्घाटन कार्यक्रम सम्पन्न
खेलकुद

नेशनल मेडिकल कलेजद्वारा स्पोर्ट्स वीक २०८२ उद्घाटन कार्यक्रम सम्पन्न

प्रकाशित : २०८० बैशाख २१,बिहीबार
बिरगंजमा दृष्टिविहीन क्रिकेट खेलाडीका लागि ५ दिने प्रशिक्षण सुरु
खेलकुद

बिरगंजमा दृष्टिविहीन क्रिकेट खेलाडीका लागि ५ दिने प्रशिक्षण सुरु

प्रकाशित : २०८० बैशाख २१,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद