Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

यूएईलाई पराजित गर्दै नेपाल एसिया कपमा छनोट, भारत र पाकिस्तानसँग खेल्ने

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख १९,मंगलवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा यूएईलाई सात विकेटले पराजित गर्दै घरेलु टिम नेपाल एसिया कपमा प्रवेश गरेको छ । योसँगै नेपालले एसिया कपमा विश्वविजेता टिम भारत र पाकिस्तानसँग खेल्नेछ ।

११८ रनको झिनो चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले ३०.३ ओभरमा तीन विकेटको क्षतिमा क्षतिमा लक्ष्य पूरा गर्यो । नेपालका लागि गुल्सन झाले उत्कृष्ट ब्याटिङ गरे ।

वर्षाको कारण सोमबार प्रभावित भएको खेल आज यूएईले नेपाललाई झिनो लक्ष्य दिएको हो । वर्षाको कारण सोमबार २७.३ ओभरमा रोकिएको खेल आज यही अवस्थाबाट सुरू भएको हो ।

यूएईले ३३.१ ओभरमा सबै विकेटको क्षतिमा ११७ रन मात्रै बनाउन सक्यो । यूएईका लागि ११औँ नम्बरमा ब्याटिङ गर्न आएको जुनाइद सिद्धिकीले १० रनमा आउट भए । नेपालका लागि ललितनारायण राजवंशीले चार विकेट लिए । त्यस्तै, करण केसी र सन्दीप लामिछानेले समान २–२ विकेट लिँदा सोमपाल कामी र गुल्सन झाले १–१ विकेट लिए ।

यसअघि सोमबार नेपालका लागि ललितनारायण राजवंशीले लगातार विकेट लिएका थिए । उनी ह्याट्रिक विकेट नजिक थिए । आज उनले २७.४ ओभरमा विकेट लिन नसकेपछि ह्याट्रिक विकेट पूरा भएन । तर ललितले सिद्धिकीको विकेट लिएसँगै यूएई अलआउट भएको हो ।

सोमबार ललितले आसिफ खानलाई ४६, रामिज शाहजादलाई एक र जाहोर खानलाई शून्यमा आउट गराएका थिए । त्यस्तै, करण केसी र सन्दीप लामिछानेले समान २–२ विकेट लिए । त्यस्तै, सोमपाल कामी र गुल्सन झाले समान १–१ विकेट लिए । करणले आर्यन लाक्रालाई १३ र वृत्या अरविन्दलाई आठ रनमा आउट गराए । सन्दीपले आयन अफ्जल खानलाई पाँच र रोहन मुस्तफालाई दुई रनमा आउट गराएका थिए । त्यस्तै, सोमपाल कामीले यूएईका कप्तान मोहम्मद वासिमलाई ११ रनमा आउट गराए । गुल्सन झाले बासिल हामिदलाई १० रनमा आउट गराए ।

यूएईलाई पराजित गर्दै नेपालले एसीसी प्रिमियर कपको ट्रफि उचालेको छ । योसँगै नेपाल एसिया कपको सेमिफाइनलमा पुगेको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो
मुख्य समाचार

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो

प्रकाशित : २०८० बैशाख १९,मंगलवार
प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार
मुख्य समाचार

प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार

प्रकाशित : २०८० बैशाख १९,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद